Nov 05, 2018
मकवानपुर उवासंघद्वारा शुभकामना आदान प्रदान 

२०७५ साल कार्तिक १९ गते

मकवानपुर उद्योग वाणिज्य संघले हरेक वर्ष झै यस वर्ष पनि शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई निरन्तरता दिएको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा आज मिति २०७५ साल कार्तिक १९ गते तिहार, नेपाल सम्वत ११३९ तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो ।

शुभकामना मन्तव्य राख्ने क्रममा अध्यक्ष कटुवालले नेपालीहरुको पर्वहरुले नेपालीलाई एकतामा बाँध्न सहयोग गरेको बताउँदै सबै नेपालीको सुस्वास्थ्य, समृद्धिको कामना गरे । 

शुभकामना तथा चियापान कार्यक्रममा मकवानपुरका माननीयज्यूहरु, स्थानीय निकाय तथा प्रहरी प्रशासनका प्रमुख एवम् प्रतिनिधिहरु, संघका पूर्वअध्यक्षहरु, संघका सल्लाहकारहरु, संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, जिल्लास्थित विभिन्न सरकारी कार्यालयहरु, गैरसरकारी संघसंस्थाहरु, बस्तुगत संघसंस्थाहरु, निजी क्षेत्रका संघसंस्थाहरुका प्रमुख एवम् प्रतिनिधिहरु, संघका सदस्यहरुलगायत सञ्चारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by