Nov 04, 2018
                        
                        
                                                 
 
                        
                                                
२०७५ साल कार्तिक १८ गते 
मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेको अध्यक्षतामा प्रदेश नं ३ को राजधानी हेटौंडा कायम राख्न छलफल कार्यक्रमको आयोजना गर्यो ।
राजधानीको लागि पूर्वाधारलगायत सवै कुराले उपयुक्त हेटौंडाबाट राजधानी सार्ने विषय नेताहरुको जुङ्गाको लडाई मात्र भएको सहभागीहरुले बताएका छन् । अन्य स्थानमा राजधानी सार्दा पूर्वाधारकालागि प्रयोग हुने अर्बौ रकम भौतिक पूर्वाधारमा खर्च हुने भएकाले राजधानी सार्न खोजिए सबै क्षेत्रमा आन्दोलन चर्कन सक्ने पनि सहभागीहरुले बताएका छन् । राजधानी कायम राख्न सम्पूर्ण मकवानपुरवासी एक ढिक्का भई लाग्ने प्रतिबद्धता पनि सहभागीहरुले जनाएका छन् ।
संघका उपाध्यक्ष रामप्रसाद न्यौपानेले राजधानी सार्ने विषयमा सचेत गराउन छलफल कार्यक्रमको आयोजना गरिएकोले सबैलाई तयारी अवस्थामा रहन आग्रह गरेका थिए । कार्यक्रममा संघमा सचिवद्वय सन्तोष अर्याल, काव्यमणि अधिकारी, कासस निलम बैद्य, नरेन्द्र भण्डारी, श्रीकृष्ण कर्माचार्य, विभिन्न सहकारी संघसंस्थाका पदाधिकारी तथा सदस्यहरु, विभिन्न टोल विकास समितिका पदाधिकारी तथा सदस्यहरु, विभिन्न लायन्स क्लवका पदाधिकारीहरुलगायत सञ्चारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।