Aug 09, 2018
उवासंघ-चितवनको सौन्दर्यकला सम्बन्धि कार्यशाला शुरु

२०७५ श्रावण २४ गते विहिवार 

उद्योग वाणिज्य संघ-चितवनको तालिम कक्षमा ५ दिवसिय सौन्दर्य कला संग सम्बन्धित व्यवसायिक हेयर कटिङ कार्यशाला (Professional Hair Cutting) शुरु भएको छ । सौन्दर्य कला सम्बन्धि व्यवसाय संचालन गर्दै आइरहेका व्यवसायीहरुलाई आधुनिक डिजाईन संग परिचित गराउंदै यस कला संग सम्बन्धित व्यवसायको सम्भावना समेतलाई उजागर गर्ने उदेश्यले उक्त कार्यशालाको आयोजना गरिएको हो । उद्योग वाणिज्य संघ-चितवनको आयोजना तथा संघ अन्र्तगत रहेको महिला तालिम तथा स्वरोजगार समितिको सक्रियतामा उक्त कार्यक्रमको उद्घाटन गर्दे संघका अध्यक्ष सहनलाल प्रधानले उद्यमशिलतामा सदैव नविनतम प्रयोगको आवश्यकता पर्ने हुनाले व्यवसायीहरु आफुले सिकेको सिपलाई समयानुकुल परिमार्जन गर्दै लानु पर्ने औंल्याउनु भयो । कार्यक्रममा उहाँले सौन्दर्यकलासंग सम्बन्धित व्यवसाय स्वास्थ्यसंग पनि संवेदनशिल हुने भएकोले सो सम्बन्धमा व्यवसायी जानकार हुनुपर्ने औंल्याउंदै व्यवसायीहरुको माग भएमा आगामी दिनहरुमा पनि यस किशिमा कार्यक्रमहरु आयोजना गर्न संघ सदैव तयार रहेको उल्लेख गर्नु भयो । 

कार्यक्रममा स्वरोजगार समितिका संयोजक योगिता पियाले चितवन जिल्लामा रहेका सौन्दर्यकला व्यवसायीहरुको माग बमोजिम कार्यक्रम आयोजना गरिएकोले कार्यक्रम अवधिभर सहभागिहरुले सक्रियताका साथ सहभागि हुने विश्वास ब्यक्त गर्दै कार्यक्रमको पूर्ण सफलताको कामना  गर्नुभयो । 

उद्घाटन कार्यक्रममा बोल्दै प्रशिक्षक पवित्रा अधिकारीले पांच दिन सम्म संचालन हुने कार्यशालामा आफ्नो शिप र अनुभवलाई आदान प्रदान गर्नका लागि आफु क्रियाशिल रहने कुरा ब्यक्त गर्दै सवैको सक्रिय सहभागिताको लागि अनुरोध गर्नु भयो । 

कार्यशालामा निलडेभिड स्यालुन काठमांडौका  द्धय सन्दिप सिंह डंगोल र पबित्रा अधिकारी प्रशिक्षकको रुपमा रहनु भएको छ । 

उद्योग वाणिज्य संघ - चितवनका अध्यक्ष सहनलाल प्रधानको अध्यक्षतामा सम्पन्न भएको कार्यशालाको उद्घाटन समारोहको सञ्चालन संघका कार्यक्रम अधिकारी निलबहादुर केसीले गर्नु भएको थियो भने संघका कासस तथा स्वरोजगार समितिका संयोजक योगिता पियाले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य लगायतको उपस्थिति रहेको थियो । यहि श्रावण २८ गते सम्म सञ्चाल हुने उक्त कार्यशालामा चितवन र नवलपरासीका २५ जना व्यवसायीहरुको सहभागिता रहेको संघले जनाएको छ । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by