Aug 03, 2018
मकवानपुर उवासंघको जोर्डन, इजरायल तथा इजिप्टको अध्ययन अवलोकन भ्रमण बारे प्रत्रकार सम्मेलन
२०७५ श्रावण १८ गते 

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री कृष्ण कटुवालज्यूको नेतृत्वमा कार्यसमितिका पदाधिकारी, सदस्यलगायत ३४ सदस्यीय व्यवसायीहरुको अध्ययन अवलोकन भ्रमण टोली २०७५ श्रावण २० गतेबाट १० दिने जोर्डन, इजरायल तथा इजिप्टको भ्रमण वारेमा जानकारी गराउन आज मिति २०७५ श्रावण १८ गते संघमा  पत्रकार सम्मेलनको आयोजना गरियो । कार्यक्रममा संघका अध्यक्ष श्री कष्ण कटुवालले भ्रमणको वारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष श्री माधव न्यौपाने,उपाध्यक्ष द्वय श्री राम प्रसाद न्यौपाने , गणेश भेटवाल, महा सचिव प्रमोदसिंह रानाभाट, सचिव विष्णु गोपाल महर्जन,  कासस कृष्ण प्रसाद ढुगाना, रुपकराज दाहाल, राजाराम कार्की, प्रतिमा श्रेष्ठका साथै पत्रकारहरुको उपस्थित रहेको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by