Jun 19, 2018
बजार विस्तार सम्वन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

पोखरा लेखनाथ , २०७५ असार ५ गते ।

घरेलु तथा साना उद्योग कार्यालय कास्कीको आयोजना एवं लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा एक दिने बजार विस्तार सम्वन्धी अन्तरक्रिया कार्यक्रम मंगलवार लेखनाथ उद्योग वाणिज्य संघको सभा कक्षमा सम्पन्न भयो ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा आयोजना गरिएको बजार विस्तार सम्वन्धि अन्तरक्रिया कार्यक्रममा बजार विस्तार सम्वन्धि प्रशिक्षण नेस्ट संस्थाका निर्देशक कृष्णप्रसाद अवस्तिले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा उद्योगी व्यवसायीले बजारसँग सम्वन्धित विषय र यसको विस्तारका लागि ध्यान दिनुपर्ने विषयमा छलफल गरिएको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, पूर्व अध्यक्ष बावुराम गिरी लगायतले उद्योगी व्यवसायीहरुले आफ्नो स्थानीय तथा बाह्य बजार सम्वन्धि पूर्ण जानकारी राख्नुपर्ने, ग्राहकको पहिचान, वातावरण लगायत बजारसँग सम्वन्धीत विषयको राम्रो दखल हुनुपर्नेमा जोड दिनुभएको थियो । त्यसैगरि घरेलु तथा साना उद्योग कार्यालयका लेखा अधिकृत विष्णुप्रसाद आचार्यले कार्यक्रमको महत्व र उद्देश्य माथि प्रकाश पार्नुभएको थियो । सहभागिहरुको तर्फबाट भक्तवहादुर के.सी र गंगा मल्लले कार्यक्रम ज्ञानमुलक रहेको र आफ्नो व्यवसाय विस्तारमा सहयोग हुने बताउनुभएको थियो । 

लेखनाथ उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार, विभिन्न समितिका सदस्य एवं उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष बलराम ढकालले धन्यवाद मन्तव्य राख्नुभएको थियो भने उपमहासचिव गोपिचन्द्र बास्तोलाले कार्यक्रम संचालन गर्नुभएको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by