May 30, 2018

लेखनाथ,१६ जेठ ।

विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुले गरेका गतिविधि तथा अनुभव आदान प्रदान गर्ने मुख्य उद्देश्यले लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीको नेतृत्वमा लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष, पुर्व अध्यक्ष, पदाधिकारी, कार्यसमिति तथा समिति संयोजक एवं सल्लाहकार लगायतको टोलिद्धारा चेम्बर अध्ययन अवलोकन  भ्रमणको आयोजना गरिएको छ ।

नेपालको पूर्वी भागमा अवस्थित जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकन भ्रमण तथा आन्तरिक पर्यटन प्रबद्र्धनका लागि बुधवार बाट शुरु हुने चेम्बर अध्ययन अवलोकन भ्रमण ६ दिनको रहने छ । उक्त भ्रमण टोलिले जनकपुर, मोरङ, धनकुटा, सुनसरी, दमक, झापा, इलाम, इटहरी, मकवानपुर र रत्ननगर उद्योग वाणिज्य संघहरुका टिमसँग भेटघाट तथा अन्तरक्रिया गर्ने भ्रमणका संयोजक एवं संघका निवर्तमान अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीले जानकारी दिनुभयो । यसका साथसाथै उक्त स्थानमा पाएक पर्ने पर्यटकीय क्षेत्रहरुको अवलोकन पनि गरिने संयाजक त्रिपाठी बताउनुभएको छ ।
उक्त चेम्बर अध्ययन अवलोकन भ्रमणमा संघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य बावुराम गिरी, बरिष्ठ उपाध्यक्ष बलराम ढकाल, प्रथम उपाध्यक्ष छत्रधर आत्रेय, महासचिव भरतकुमार अधिकारी, उपमहासचिव गोपिचन्द्र बास्तोला, कोषाध्यक्ष राजेन्द्र ओझा, कार्यसमिति सदस्यहरु उपेन्द्रराज सुवेदी, रामजी पौडेल, भरतराज ओझा, सरोजराज अधिकारी, भिम वहादुर नेपाली, शैलेन्द्रमोहन भट्टराई, सूर्यमणि लामिछाने, कृष्णप्रसाद ढुङ्गाना, सल्लाहकार बोधराज लामिछाने, उपसमिति संयोजक दयाराम तिवारी, महिला उद्यमी समिति सल्लाहकार गितादेवी सुवेदी र कार्यालयको तर्फबाट कृष्णराज पौडेल गरि जम्मा २० जना सदस्यहरुको सहभागिता रहेको छ। 

सम्पूर्ण भ्रमण दललाई यस संघका कार्यवाहक अध्यक्ष विनोद श्रेष्ठ, पूर्व अध्यक्ष सुमन भट्टराई, कार्यालय प्रमुख पवित्रा श्रेष्ठ र गितादेवी पौडेल लगायतले फुलको गुच्छाद्धारा भ्रमणको सफलता सहित भ्रमण सदस्यहरुलाई विदाई गरिएको छ । 

बुधवार विहान लेखनाथबाट प्रस्थान गरेको यस भ्रमण दलले आज नै जनकपुर उद्योग वाणिज्य संघका टोलिसँग भेटघाट तथा अन्तरक्रिया गर्ने जानकारी संघका महासचिव भरतकुमार अधिकारीले दिनुभएको छ । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by