May 17, 2018
मकवानपुर उद्योग वाणिज्य संघबाट कर शिक्षा तालिम प्रदान
मिति २०७५ जेष्ठ ३ गते 

मकवानपुर उद्योग वाणिज्य संघका का.वा अध्यक्ष श्री माधव न्यौपानेको अध्यक्षतामा कर शिक्षा तालिमको आयोजना गरियो । 

उद्घाटनको क्रममा व्यवसायीहरुलाई कर शिक्षाको तालिम प्रदान गरी कर सम्वन्धि हिसाव किताव राख्न सहज वनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको वताउनु भयो । व्यवसायीहरुले दैनिक राखेका हिसाव नियमानुसार भए नभएका हेर्नका लागि पनि  अध्ययनरत विद्यार्थिहरुलाई समेत यस्ता तालिम दिने संघको लक्ष रहेको र तालिम पश्चात उनीहरुलाई व्यवसायीको माग बमोजिम कम भन्दा कम शुल्क लिई हिसाहेर्ने व्यवस्था समेत मिलाउने कुरा व्यक्त गर्नु भएको थियो । तालिमको आन्तरिक राजश्व कार्यालय, मकवानपुरका कर अधिकृत श्री दिलक आचार्यले शहजिकरण गर्नु भएको थियो ।

कर शिक्षा तालिमको आवश्यकता वारेमा प्रकाश पार्नुहुदै संघका उपाध्क्ष तथा वस्तुगत समन्यय समितिका संयोजक श्री राम प्रसाद न्यापानेले व्यवसायीहरुको अन्यौलता हटाएको र यो समय निकै नै छोटो भएकोले पुनः अर्को समय मिलाएर अझ वढी  भन्दा वढी कर शिक्षा प्रदानका लागि तालिमको समय नपुग भएको महशुस गरेकाले यस्को लागि संघले आवश्यक  व्यवस्था मिलाउने छ । व्यवसायीहरुको हक हितको लागि हामी आएका छौं व्यावसायीहरुको सल्लाह सुझाव र माग बमोजिम  यस्ता तालिमहरु प्रभावकारीरुपमा सञ्चालन गर्ने प्रतिवद्धता न्यौपानेले व्यक्त गर्नु भएको थियो ।

व्यवसायीहरुले उत्साहका साथ आफ्ना प्रश्नहरु प्रशिक्षक समक्ष राखेका थिए र प्रशिक्षकवाट भरपुर मात्रामा उत्तर दिई सन्तोष वनाइएको थियो ।सुनचादी व्यवसायीसंघका अध्यक्ष ज्योतिरत्न वज्राचार्यले तालिमको उपयोगिता निकै राम्रो भएको र आजको तालिममा सुनचादी व्यवसायीहरुको सहभागिता राम्रो भएता पनि अझ वढी कर शिक्षाको आवश्यक भएकोले सुनचादी व्यवसायीहरुमध्येवाट करिव ७ जनाको टोली वनाउने र निजहरुलाई पुन वढी लामो समय तालिम प्रदान गर्नको लागि संघलाई अनुरोध गर्नु हुदै संघ तथा प्रशिक्षकलाई धन्यवाद् दिनु भएको थियो । 

संघका कासस श्री सुनिल अधिकारीले कार्यक्रमको समापन गर्नु हुदै यो तालिमले व्यवसायीहरु तथा स्वयम आफुले समेत कति पयकुराहरु नजानेको यस तालिमवाट थाहा हुन आएको भन्नु हुदै तालिमले अडिटरको मात्र भर पर्न नहुने रहेछ यस्मा आफु समेत सचेत हुनु पर्ने वारेमा जानकारी प्राप्त भएको व्यक्त गर्नु हुदै  तालिम निकै नै फलदायी भएको व्यक्त गर्नु हुदै तालिमको समापन गर्नु भएको थियो । तालिम मकवानपुर सुनचादी व्यवसायीसंघ तथा कुटानी पिसानी व्यवसायीहरु गरी ५० जनाको सहभागिता रहेको संघका सचिव तथा  प्रवक्ता श्री काव्यमणी अधिकारीले वताउनु  थियो ।  
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by