Jan 09, 2018

लेखनाथ २५ पौष

लेखनाथ उद्योग बाणिज्य संघको आयोजनामा हुने प्रादेशिक औद्योगिक व्यापार मेला तथा १४ औं लेखनाथ महोत्सव २०७४ को ६० प्रतिशत स्टल वुकिङ्ग भएका छन् । 

माघ ११ गतेदेखी २२ गतेसम्म पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. २७ तालचोकमा आयोजना हुने व्यापार मेला तथा महोत्सवको तयारी समेत तिव्र रुपमा रहेको संघका उपमहासचिव एंवम् प्रचार प्रसार संयोजक गोपिचन्द्र वास्तोलाले वताउनु भएको छ । 

महोत्सवमा हस्तकला, अटो, कृषी प्रदर्शनी, फलफूल, माछा, स्थानिय उत्पादनहरुको प्रदर्शनी, सांगितीक कार्यक्रम, पप कन्सर्ट, पुष्प प्रर्दशनी, सुन्तला प्रदर्शनी लगाएतका वस्तुहरुको प्रदर्शनी तथा विक्री गरिने स्टल संयोजक भरतराज ओझाले जानकारी दिनु भयो ।

लेखनाथ क्षेत्रलाई नै आर्थिक र यस क्षेत्रको प्रचार प्रसार गर्ने मुख्य थलो वनेको महोत्सवमा नेपालमा नै सवैभन्दा ठूलो रा लामो झ्याकी र्याली हुँदै आएको छ । विशेष गरी सात तालको वाटिका शहरको रुपमा चर्चा कमाएको लेखनाथमा महोत्सव स्थानिय वासीहरुको आकर्षणको केन्द्र विन्दु वन्दै गएको स्थानिय वासीहरु वताउँछन् ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by