Jan 07, 2018

लेखनाथ, २२ पुस ।

महोत्सव लेखनाथको संस्कृति स्थानीय उत्पादन विकास र संवृद्धि भन्ने मूल नाराका साथ माघ ११ गते देखि २२ गतेसम्म तालचोकमा संचालन हुने प्रादेशिक औद्योगिक व्यापार मेला लेखनाथ महोत्सव २०७४ को तयारीको क्रममा शनिवार झाँकीर्याली व्यबस्थापन उपसमिति गठन भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ पोखरा लेखनाथ महानगर समन्वय परिषद कास्कीकी उपाध्यक्ष बुद्धिमाया थापाको संयोजकत्वमा समिति गठन भएको हो । समितिका सदस्यहरुमा क्षेत्री समाजका उदय वहादुर बस्नेत, भुजेल समाजका शरद भुजेल, नेवा खलःका प्रेम लिगल, पुन मगर समाजबाट संगीता पुन , कुमाल समाजबाट प्रेमवहादुर कुमाल रहेका छन भने ङयोए तमु धिँ बाट एक सदस्य, दलितबाट एक सदस्य पछि थप गर्ने गरी समिति गठन गरिएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारीको अध्यक्षतामा संघको सभाहलमा बसेको बैठकमा नेपाल आदिवासी जनजाति महासंघ पोखरा लेखनाथ महानगर समन्वय परिषद कास्कीका अध्यक्ष जंग वहादुर गुरुङ, साविक लेखनाथका क्षेत्री समाजका अध्यक्ष इन्द्र वहादुर थापा, ब्रमाण समाजका अध्यक्ष सोमनाथ अधिकारी, दशनासी समाजका अध्यक्ष मोती गिरी, ङयोए तमु धिँका अध्यक्ष मन वहादुर गुरुङ, पुन समाजका अध्यक्ष ध्रुव वहादुर पुन, भुजेल समाजका अध्यक्ष मान वहादुर भुजेल, दुरा समाजका अध्यक्ष लालजंग दुरा, ह्योल्मो समाजका उपाध्यक्ष होम वहादुर ह्योल्मो, संघका निर्वतमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, पूर्व अध्यक्ष बावुराम गिरी लगायतले महोत्सव लेखनाथको संस्कृति भएकोले आ आफ्नो संस्कृतिको जर्गेना गर्न लेखनाथ महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने भन्दै व्यापक सहभागिताको अपेक्षा गरेका थिए ।

संघका बरिष्ठ उपाध्यक्ष बलराम ढकालले कार्यक्रम माथि प्रकाश पारेका थिए भने प्रथम उपाध्यक्ष छत्रधर आत्रेयले धन्यवाद ज्ञापन तथा उपमहासचिव एवं प्रचार प्रसार संयोजक गोपिचन्द्र बास्तोलाले कार्यक्रम संचालन गरेका थिए ।

आठ सदस्यीय सल्लाहकार समिति समेत रहेको उक्त उपसमितिले लेखनाथ महोत्सवलाई सफल पार्न साविक लेखनाथमा रहेका आदिबासी जनजातिहरुसँग छलफल गरी संस्थागत रुपमा आफ्नो धारणा बनाई काममा अगाडि बढ्ने उपसमिति संयोजक थापाले बताईन ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by