Aug 13, 2017
रत्ननगर उद्योग वाणिज्य संघ
रत्ननगर उद्योग वाणिज्य संघले रेष्टुरेन्ट एण्ड वार एशोसियसन चितवनका नवनिर्वािर्चत पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको सम्मानमा साउन २७ गते सचिवालयमा स्वागत कार्यक्रमको आयोजना गर्‍यो । 
रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल रेवान, चितवनको ११औा वार्षिक साधारणसभा तथा छैटौा अधिवेशनले गोकर्ण गिरीको अध्यक्षतामा चयन भएको नवनिर्वाचित कार्यसमितिलाई स्वागत गरेको हो ।
कार्यक्रममा संघका अध्यक्ष राजाराम रेग्मीले एउटै नगरमा स्थापना भएका निजी क्षेत्रको प्रतिनिधिमूलक व्यावसायीक संघ–संस्थाबीच भातृत्व कायम गराउनु तथा समग्र पूर्वी चितवन विकासको लागि साझा एजेण्डा बनाउनु पर्ने धारणा राख्नु भयो । निजी क्षेत्रको वर्गीय हित तथा समग्र पूर्वी चितवनको पर्यटन प्रबद्र्धनको लागि दुबै संस्थाले एकसाथ रहेर साझा अवधारणा तय गर्नुपर्ने बताउादै स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
रेष्टुरेन्ट एण्ड वार एशोसियशन चितवनका अध्यक्ष गिरीले सौराहाको रेष्टुरेन्ट व्यवसायको विकाससागै सामाजिक कार्यमा रेवानलाई अगाडि बढाउने बताउनुभयो । विशेष गरि नाकाबन्दी र भूकम्प पश्चात र अहिले मुग्लिन सडकका कारण पर्यटन आगमनमा असर परेकाले व्यवसायीलाई थप समस्या परेको गुनासो व्यक्त गर्दै रत्ननगर उद्योग वाणिज्य संघसँगै सहकार्य गर्दै यस्ता व्यावसायीक समस्याहरुको समाधानको लागि पहल गर्न अपिल गर्नुभयो । आगामी दिनमा यस क्षेत्रको पर्यटन प्रबद्र्धनको लागि सहकार्य गर्न आवश्यक रहेको धारण व्यक्त गर्दै मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले रेवान, चितवनका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई बधाई ज्ञापन गर्दै नेपालको तेस्रो पर्यटकिय गन्तव्य स्थल सौराहाको विकासका लागि सामूहिकरुपमा अघि बढ्नुपर्नेमा जोड  दिनु भयो । 
रत्ननगर उद्योग बाणिज्य संघका महासचिव निराजन खनालले संचालन गर्नुभएको कार्यक्रममा रत्ननगर उद्योग बाणिज्य संघका पदाधिकारी, पूर्व अध्यक्षहरु तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम पश्चात नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई कार्य योजना तयारी गोष्ठी आयोजना गरिएको थियो । सो कार्य योजना तयारी गोष्ठीमा संस्थाको पहिचान, लक्ष्य, परिकल्पना, संचालन गरिने कार्यक्रम तथा गतिविधिहरु, समस्याको पहिचान जस्ता विषयमा संघका कार्यसमिति सदस्य एंव तालिम तथा गोष्ठी व्यवस्थापन समितिका संयोजक निरज श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by