Aug 09, 2017
मकवानपुर उद्योग वाणिज्य संघ


मकवानपुर उद्योग वाणिज्य संघले पोखरा उद्योग वाणिज्य संघको  भ्रमण टोलीको स्वागत गरेको छ । सो अवसरमा दुई संघ बीच उद्योग वाणिज्य तथा पर्यटन क्षेत्रको समृद्धिका विषयमा अन्तक्र्रिया भएको छ । 

संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखेले पर्यटन विकासका लागि मकवानपुरको उत्तरी क्षेत्र अनुकूल रहेको र त्यस क्षेत्रको पर्यटकीय विकासमा पोखरा उद्योग वाणिज्य संघले मकवानपुर उद्योग वाणिज्य संघसंग सहकार्य गर्न चाहेको बताउनुभयो । अध्यक्ष पालिखेले “पर्यटन क्षेत्रको विकासका लागि सम्बन्धित निकायलाई घच्घच्याउनुपर्ने समय आएको बताउनुभयो । 

सो अवसरमा संघका अध्यक्ष न्यौपानेले औद्योगिक नगरीको रुपमा रहेको मकवानपुरमा पोखरेली व्यवसायीलाई उद्योग स्थापनाका लागि आग्रह गर्नुभयो । संघको सचिवालयमा विशेष कार्यक्रमका बीच भ्रमण टोलीको स्वागत सहित शुरु भएको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, मकवानपुर उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु लगायतको उपस्थिति रहेको कार्यक्रमा मउवासंघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालले आफ्नो मन्तव्य सहित समापन गर्नुभयो । सो अवसरमा दुवै जिल्लाको पर्यटकीय दृश्य अंकित मायाको चिनो एक–अर्कामा साटासाट गरिएको थियो । 
बलष्तष्उगच ायलत ज्भचभ‘

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by