Jun 18, 2017
व्यवसायी माथि बलात्कार गर्ने अपराधी माथि कानूनी कार्वाही माग गर्दै महिला उद्यमीद्वारा जिल्ला प्रशासनमा ज्ञापनपत्र प्रस्तुत

हेटौंडा आषाढ ४ ।

हेटौडामा महोत्तरीकी सौन्दर्य व्यवसायी माथि बलात्कार गर्ने अपराधी माथि कानूनी कार्वाहीको लागि दवाव स्वरुप महकवानपुर उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको अगुवाईमा जिल्ला प्रशासन मकवानपुर मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । गत जेष्ठ २८ गते महोत्तरीको औरही वडा नम्बर ३ की एक सौन्दर्य व्यवसायी माथि बलात्कारका दोषीहरुलाई कार्वाही नभएको भन्दै ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र सहित गएको व्यवसायी महिलाहरुले जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विष्णु कुमार महतलाई आफ्नो माँग सहितको ज्ञापनपत्र बुझाएको छ । 

संघको  सचिवालयबाट ब्यानर र र्याली सहित जिल्लामा सौन्दर्य व्यवसाय गर्ने संस्थाहरुको समेत सहभागिता रहेको थियो । सो कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिकी सभापति निलम पाण्डे, राष्ट्रिय सौन्दर्यकर्मी युनियनकी मनु लामा, नेपाल व्युटीसियन संघकी अरुणा सिंह, घरेलु संघ, मकवानपुरकी गीता कडरिया लगायत सौन्दर्य व्यवसायीहरुको सहभागिता रहेको थियो । 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by