Jun 18, 2017
                        
                        
                                                
 
                        
                                                
लेखनाथ ४, असार
लेखनाथ उद्योग वाणिज्य संघको आयोजना तथा नेपाल सरकार, वाणिज्य मन्त्रालयको सहयोगमा आयोजना गरिएको निर्यात प्रवर्द्धनमा वाणिज्य निति २०७२ र विश्व व्यापार सम्वन्धी संझौताको भूमिका विषयक एक दिवशिय अन्तरक्रिया कार्यक्रम आईतवार लेखनाथ उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रमका सभापति एवं लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले सहभागीलाई स्वागत गर्दै संघद्वारा संचालन गरिएका कार्यक्रमहरुको कार्यपत्रहरुवाट जानकारी गराउदै यस क्षेत्रमा कृषि योग्य वस्तुमा लगानी गरि निर्यात गर्ने वस्तुको खोजी गर्नुपर्ने धारणा प्रस्तुत गर्नुभयो । 
कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल सरकार, वाणिज्य मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले निर्यात प्रवर्द्धनमा वाणिज्य निति २०७२ र विश्व व्यापार सम्वन्धी संझौताको भूमिकाका वारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कृषि उद्यम केन्द्रका कार्यक्रम संयोजक शिवप्रसाद न्यौपानेले कार्यक्रमका वारेमा प्रकाश पार्नुभएको थियो ।
जिल्ला कृषि विकास कार्यालय कास्कीका कृषि प्रसार अधिकृत प्रकाश वस्ताकोटीले यस क्षेत्रको उत्पादित कृषि वस्तुको निर्यात योग्य बस्तुको पहिचान र सम्भाव्यता सहितको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बावूराम गिरी, लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष चतूराखर अधिकारी, वाणिज्य मन्त्रालयका शाखा अधिकृत अश्विन कुमार पोख्रेल, लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष श्री कृष्णहरी भण्डारी, महासचिव छत्रधर आत्रेयले आ-आफ्नो धारणा राख्नु भएको थियो ।