May 23, 2025
९ जेठ, भरतपुर,
उद्योग वाणिज्य संघ–चितवनले मकवानपुर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमण टोलीलाई आज एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको हो ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको नेतृत्वमा आएको भम्रण टोलीलाई संघले स्वागत गरेको हो । स्वागत एवम् छलफल कार्यक्रमा उद्योग वाणिज्य संघ–चितवनका कार्यवाहक अध्यक्ष अशोक अधिकारीले यस किसिमको कार्यक्रमले व्यवसायिक साथसाथै संस्थागत एकता सुदृढ गर्नमा समेत सहयोग पुर्याउने बताउनुभयो । उद्योग वाणिज्य संघ–चितवनको संक्षिप्त जानकारी दिंदै कार्यवाहक अध्यक्ष अधिकारीले यस्ता किसिमका भेटघाटले दुवै क्षेत्रका उद्योगी व्यवसायीको समस्या पहिचान गरी सम्बन्धित निकायसँग पहल गर्नुपर्ने दुवै संघका साझा समस्याहरूको पनि पहिचान हुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिँह रानाभाटले उद्योग वाणिज्य संघ–चितवनले गरेको आतिथ्यता तथा कार्यप्रगतिको प्रशंसा गर्दै आफ्नो संघको संक्षित जानकारी दिनुहुदै व्यवसायिक ऐक्यवद्धताका लागि उद्योग वाणिज्य संघ–चितवनस“ग स“गस“गै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ–चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले उद्योगी व्यवसायीका समस्या आर्थिक नीति, राजश्व नीति, झनजटीलो कर प्रणाली लगायतका नीति व्यवसाय मैत्री निर्माणमा सवै निजी क्षेत्र मिलिरे लाग्नुपर्ने बताउँदै उहाँले मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षज्यू लगायतको भ्रमणटोलीलाई भ्रमण सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै संघका तृतीय उपाध्यक्ष एवम् वस्तुगत संघ समन्वय समितिका संयोजक नारायण प्रधानले वस्तुगत सम्बन्धी उठेका जिज्ञासाहरुलाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघका मेरुदण्ड भनेकै वस्तुगत संघ भएको वताउनुभयो ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको नेतृत्वमा पदाधिकारी विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधि, उद्योगी व्यवसायी गरी २५ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका कार्यसमितिका सदस्यज्यूहरू विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधि, संघका कर्मचारीहरूको उपस्थिति रहेको थियो । उद्योग वाणिज्य संघ–चितवनका कार्यवाहक अध्यक्ष अशोक अधिकारीको अध्यक्षता भएको स्वागत एवम् छलफल कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।