Feb 26, 2024
आधारभुत व्यूटिसियन तालिम सम्पन्न

१४ फागुन, भरतपुर

उद्योग वाणिज्य संघ चितवनको तालिम कक्षमा आज आधारभुत व्यूटिसियन तामिलको समापन भएको छ । उद्योग वाणिज्य संघ–चितवन र भरतपुर महानगरपालिका वडा नं १ को कार्यालयको सयुक्त आयोजनामा गरिएको तालिम सम्पन्न भएको हो । भरतपुर महानगरपालिका वडा नं १ का न्यून आर्थिक अवस्था भएका उद्यमी बन्न चाहाने महिलाहरूलाई लक्षित गरि उक्त तालिम आयोजना गरिएको थियो ।

समापन कार्यक्रममा वोल्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमानकुमार श्रेष्ठले सिकेको सिपलाई अधिकत्तम प्रयोग गरि आफैमा आत्मनिर्भर भई अर्थोपार्जनमा लगाउदै थप नयाँ कुरा सिक्न आग्रह गर्नु भयो ।

तालिमको समापन कार्यक्रममा  वोल्दै भरतपुर महानगरपालिका वडा नं १ का अध्यक्ष केशव महर्जनले सिक्ने इच्छाशक्ति भए केही पनी असम्भव नभएको बताउदैँ उहाँले तालिमबाट सिकेको सिपलाई प्रयोगमा ल्याउन सुझाव दिनुभयो ।

कार्यक्रममा वोल्दै उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले महिला उद्यमशिलता विकासका लागि निरन्तर कार्यक्रम आयोजना गरिंदै आएको बताउदै संघले व्यवसायी बनाउने उद्देश्यले तालिम प्रदान गराउदै आएको बताउनु भयो ।

कार्यक्रममा प्रमुख प्रशिक्षक योगिता पियाले प्रशिक्षार्थीहरुलाई नजानेको कुरा जहिले पनी सोध्न सक्ने बताउनुभएको थियो ।

३० जना प्रशिक्षार्थीहरु सहभागिता रहेमको ४५ दिन सम्म सञ्चालीत तालिम चितवन ब्युटिपार्लर युनिटिका संस्थापक अध्यक्ष योगिता पिया मूख्य प्रशिक्षक रहनुभएको थियो भने पशिक्षक रुपमा लक्ष्मी ज्ञवाली रहनुभएको थियो ।

तालिमको समापन कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका तृतीय उपाध्यक्ष नारायण प्रधान कार्यकारी निर्देशक निलबहादुर के.सी, कार्यसमिति सदस्य दिपा शाही, विष्णु लम्साल, सन्तोष देवकोटा, भरतपुर महानगरपालिका वडा नं १ वडा सचिव शिवजी अधिकारी लगाएत प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा भएको तालिमको समापन कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by