Aug 21, 2023
मोटिभेशनल सेमिनार सम्पन्न

४ भाद्र, भरतपुर

उद्योग वाणिज्य संघ चितवनको सभाहलमा आज एक दिवसीय मोटिभेशनल सेमिनार सम्पन्न भएको छ । कार्यक्रम उद्योग वाणिज्य संघ–चितवन र फेन्सी व्यवसायी संघ चितवनको संयुक्त आयोजनामा सम्पन्न भएको हो । फेन्सी उद्यमी व्यवसायीहरूलाई लक्षित गरी व्यवसायिक सशक्तिकरणका लागि ज्ञानको शक्तीलाई उत्प्रेरीत गर्ने उद्देश्यले सेमिनार आयोजना गरिएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उद्योग वाणिज्य संघ–चितवनका बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले व्यवसायिक जटिलता सृजना भएको अवस्थामा यस किसिमको उत्प्रेरणत्मक कार्यक्रमले व्यवसायिक उत्थानमा सहयोग पुर्याउने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले व्यवसायिक हितका सम्बन्धमा संघ सदैव प्रतिवद्ध रहेको बताउदै संयमीत भई व्यवसाय गर्न अनुरोध गर्नुभयो । उहाँले बस्तुगत संघहरुबाट एकमुष्ट रुपमा उद्योग वाणिज्य संघको सदस्यता नविकरण गराएमा २० प्रतिशत रकम सोही बस्तुगत संघको विकासको लागि फिर्ता गरिने बताउनु भयो । 

कार्यक्रममा फेन्सी व्यवसायी संघ–चितवनका अध्यक्ष शंकर प्रसाद घिमिरेले उद्योग वाणिज्य संघ–चितवनसंग सहकार्य गरेर कार्यक्रम गर्न पाइएकोमा संघलाई धन्यवाद दिनुहुंदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दै उहाँले आर्थिक मन्दीको चपेटामा व्यवसायीहरु थलिरहेको र यस परिस्थितिमा व्यवसायीहरुलाई यस्ता कार्यक्रमले हौसला प्रदान गर्ने बताउनु भयो । 

मोटिभेशनल सेमिनारका प्रमुख प्रशिक्षक रञ्जित राज आचार्यले उहाँले परिमाणको आश नगरी प्रयास गरीरहने हो भने अवश्य परिमाण पनि राम्रो आउने बताउदै उहाँले नकरात्मक विचारलाई सकरात्मक बनाउने तर्फ उत्प्रेरक गर्नुभएको थियो । 

सोही कार्यक्रमको अवसरमा फेन्सी व्यवसायी संघद्धारा प्रकाशीत फेन्सी सन्देश अर्धवार्षिक वुलेटीनको विमोचन गरिएको थियो । 

फेन्सी  व्यवसायी संघका प्रवक्ता विपिन रिजालको संयोजनमा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्षत्रय चिरञ्जीवी सुवेदी, राजेन्द्र ओली, सिरिष पन्त, कार्यसमिति सदस्यहरु कार्यकारी निर्देशक निलबहादुर के.सी. फेन्सी व्यवासयी संघका निवर्तमान अध्यक्ष माधवप्रसाद अधिकारी, पूर्व अध्यक्षदय प्रद्युन्न कुमार सापकोटा, खिमलाल अर्याल, बरिष्ठ उपाध्यक्ष रामप्रसाद पौडेल, फेन्सी व्यवसायी संघका पदाधिकारी, कार्यसमिति, विभिन्न बस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधि लगाएत फेन्सी व्यवसायी गरी १०० जनाको उपस्थिति रहेको उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदी जानकारी दिनुभयो । कार्यक्रम उद्योग वाणिज्य संघ–चितवनको बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठको प्रमुख आतिथ्यता एवं फेन्सी व्यवसायी संघ चितवनको अध्यक्ष शंकर प्रसाद घिमिरेको अध्यक्षतामा सम्मन्न उक्त कार्यक्रम फेन्सी व्यवसायी संघ चितवनका सचिव टंक प्रसाद सापकोटाले सञ्चालन गर्नुभएको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by