Sep 18, 2020
उवासंघ–चितवनको कोरोना वीमा रकम हस्तान्तरण कार्यक्रम

असौज २, भरतपुर,

उद्योग वाणिज्य संघ–चितवनले कोरोना वीमीत सदस्यलाई कोरोना वीमा रकम उपलब्ध गराएको छ । आज उद्योग वाणिज्य संघ–चितवनको सचिवालयमा एक कार्यक्रमको आयोजना गरि संघका अध्यक्ष राजु श्रेष्ठले कोरोना वीमा योजनाका विमित प्रधान मिनिरल वाटर एन्ड विभरेज ई. प्रालिका सञ्चालक सुसनलाल प्रधानलाई रु ५० हजारको चेक हस्तान्तरण गर्नुभयो । चेक हस्तान्तरण कार्यक्रममा बोल्दै संघका अध्यक्ष राजु श्रेष्ठले विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लागु गरेको लकडाउन,निषेधाज्ञा जस्ता क्रियाकलापले उद्योग व्यवसाय धरासायी भएको अवस्थामा संघले आफ्ना सदस्यलाई राहत उपलब्ध गराउने उद्देश्यले कोरोना वीमा योजना ल्याइएको बताउनु भयो । उहा“ले  संघले व्यवसायीको हक,हितको संरक्षण, संबद्र्धन र प्रबद्र्धन गर्दै सदस्य व्यवसायीको स्वास्थ्यमा पनि ख्याल गर्दै हरेका सुख दुखको सारथीको भूमिका निर्वाह गर्ने बताउनु भयो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले कोरोना वीमा गरेका सदस्य व्यवसायी मध्ये कोरोना संक्रमण देखिएको प्रधान पहिलो व्यवसायी भएको र संघको सदस्यता नवीकरण गरिसकेका अन्य व्यवसायमा पनि कोरोना संक्रमण देखिएमा उहांहरुलाई पनि वीमा रकम हस्तान्तरण गर्दै जाने बताउंदै हाल थप २ जना सदस्य व्यवसायीमा समेत कोरोना पुष्टि भएको बताउनु भयो । उहांले हाल चितवनमा कोरोना संक्रमणको प्रभाव बढ्दै गएकोले आवश्यक स्वास्थ्य सुरक्षाका साथ व्यवसाय संचालन गर्न व्यवसायीलाई अनुरोध गर्नुभयो

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति सदस्य एवम् स्वास्थ्य समितिका संयोजक सिरिस पन्तले संघमा आवद्ध रहेका सदस्य व्यवसायीहरु प्रति संस्थाको सामाजिक उत्तरदायित्व समेतलाई मध्येनजर राखी गत असार महिना देखी निशुल्क कोरोना वीमा योजना लागु गरिएको बताउनु भयो । उद्योग वाणिज्य संघ–चितवनले आफु संग आवद्ध भएका सदस्य मध्ये श्रावण मसान्त सम्म नवीकरण गर्ने सबै सदस्यहरुलाई निशुल्क कोरोना वीमा गरेको तथा संघमा आवद्ध ४ हजार २ सय सदस्य मध्ये करिब ८ सय सदस्यहरु यस विमा योजना अन्तरगत समावेश भएको संयोजक पन्तले बताउनु भयो ।

कोरोना वीमा रकम ग्रहण गर्दै संघका साधारण सदस्य एवम् प्रधान मिनिरल वाटर एन्ड विभरेज प्रा.लि.का सञ्चालक सुसन प्रधानले आफु उद्योग वाणिज्य संघ–चितवनको सदस्य हुनुमा गौरव महसुस भएको बताउंदै संघ प्रति आभार व्यक्त गर्नुभयो ।  प्रधानलाई श्रावण २३ गते कारोना संक्रमण पुष्टि भएको थियो भने भाद्र १२ गते कोरोना मुक्त  हुनुभएको थियो ।  संघले लकडाउनको अवधिमा कोरोना राहत कोषको स्थापना गरि करिव ७० लाख बराबरको राहत समेत वितरण गर्नुका साथै विविध जनचेतनामुलक कार्यक्रमहरु समेत सम्पन्न गरेको संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले बताउनु भयो । रकम हस्तान्तरण कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ,प्रथम उपाध्यक्ष सुमन कुमार श्रेष्ठ,दित्तिय उपाध्यक्ष चिरञ्जिवि सुवेदी,स्वास्थ्य समिति संयोजक सिरिस पन्त लगायतको उपस्थिति रहेको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by