Mar 31, 2020
उवासंघ-चितवनद्वारा भरतपुर कोरोना अस्पताललाई मास्क हस्तान्तरण

चैत १८, चितवन ।

उद्योग वाणिज्य संघ-चितवनले भरतपुरमा स्थापित भरतपुर अस्थायी कोरोना अस्पताललाई आज एक समारोहका विच मास्क हस्तान्तरण गरेको छ । 

भरतपुर स्थित कोरोना अस्पतालको प्रांगणमा संघले भरतपुर महानगरपालिकाका प्रमुख एवम् कोरोना अस्पतालका संयोजक रेनु दाहाललाई मास्क हस्तान्तरण गरिएको हो । उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष मित्रराज दवाडी र संघका अध्यक्ष राजु श्रेष्ठले संयुक्त रुपमा मास्क हस्तान्तरण गर्नुभएको संघका वरिष्ठ कार्यक्रम अधिकृत निलबहादुर केसी जानकारी दिनुभयो । 

मास्क हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष राजु श्रेष्ठले विश्व कोरोना भाइरसको महामारिले आक्रान्त भएको घडिमा संघले संघको संस्थागत सामाजिक उत्तरदायित्व अर्न्तगत रहि मास्क हस्तान्तरण गरेको बताउंदै स्थानिय निकायसंग समन्वय गरी विपन्न तथा दैनिक ज्याला मजदुरी गर्ने सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तु पनि वितरण गर्न लागिएको बताउनु भयो । उहांले चितवनमा खाद्यान्न आपूर्ती व्यवस्थालाई सहज गराउनमा संघ लागी रहेको बताउनु भयो । संघले हाललाई २५० थान N95 मास्क हस्तान्तरण गरेको संघका उपाध्यक्ष चिरञ्जिवि सुवेदीले बताउनु भयो । 

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संघको सहयोग प्रति धन्यवाद ज्ञापन गर्दै यो विपक्तिबाट मुक्ति पाउनका लागी सबैको सहयोग अमूल्य रहने बताउँदै सबै आफ्नो घरमा वस्नुनै सरकारलाई सहयोग गर्नु भएकोले सबैलाई सुरक्षित रहन अनुरोध गर्नुभयो । 

मास्क हस्तान्तरण कार्यक्रममा भरतपुर कोरोना (अस्थायी) अस्पतालका सचिव डा. भोजराज अधिकारी, डाक्टर एशोसियशन अफ नेपालका उपाध्यक्ष डा. अनिल कार्की ,उवासंघ चितवनका उपाध्यक्ष चिरञ्जिवि सुवेदि लगायतको उपस्थिति रहेको थियो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by