Feb 27, 2020

लेखनाथ उद्योग बाणिज्य संघले आफना ब्यवसायीहरुको हक हितका सवालमा वजार अनुगमन र बजार ब्यवस्थापनाका कामलाई अगाडी वढाउने भएको छ ।

बजारमा विना दर्ताका ब्यवसायीहरुले गाडीमा सामान ल्याएर खुल्ला रुपमा विक्रि वितरण गर्दा ब्यवसायीहरु मर्कामा परेको भन्दै संघको सक्रियता स्थानिय प्रशासनको सहयोगमा पोके र घुमन्ते फिरन्ते ब्यापारलाई नियन्त्रण गर्ने अभियान संचालन गर्ने भएको हो ।

संघले विहिवार बजार अनुगमन उप समिति र बजार ब्यवस्थापन उप समितिको बैठकले खल्ला रुपमा ब्यापार गर्दै आएका र विना दर्ता एवंम इजाजत नभएका ब्यापारीको खोजी गरि कारवाहीका लागि प्रशासनमा आग्रह गर्ने निर्णय गरेको 
हो ।

बजार अनुगन उपसमितिका संयोजक भरतराज ओझाको अध्यक्षतामा भएको कार्यक्रममा संघका प्रथम उपाध्यक्ष बिनोद कुमार श्रेष्ठ, महासचिव गोपीचन्द्र बास्तोला र सह संयोजक बालकृष्ण तिवारीले दर्तावाल ब्यवसायीको हक हितका सवालमा संघले आवाज उठाउनु पर्नेमा जोड दिएका थिए ।

त्यसैगरि बजार ब्यवस्थापन उपसमितिका संयोजक पदमराज पौडेलको अध्यक्षतामा बसेको बैठकले लेखनाथ नगर क्षेत्रका ब्यापारीक केन्द्रको सुन्दरता बढाउन र ब्यवसायी विचको सम्वन्धलाई जिवन्त राख्न लेखनाथ उद्योग बाणिज्य संघले अभिभाकत्वको भुमिका निभाउनु पर्ने सुझाव राखेका थिए । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by