Feb 25, 2020
उद्योग वाणिज्य संघ चितवनको योजना तर्जुमा गोष्ठी सम्पन्न - २ बर्षे कार्यकालका लागि कार्यक्रम छनौट 

फागुन १३ गते , चितवन । 

उद्योग वाणिज्य संघ-चितवनको कार्य योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । संघको कार्यकाल २०७६/२०७८ का लागि द्धिवर्षिय कार्ययोजना तयार गर्ने उद्देश्यले आयोजित २ दिने कार्यशाला गोष्ठी मंगलवार सम्पन्न भएको हो । चितवनको पटिहानि स्थित कसरा रिर्सोटमा सञ्चालित ऊक्त गोष्ठीले आगामी २ बर्षका लागि कार्यत्रम तय गरेको हो । 

गोष्ठीको समापन समारोहलाई सम्बोधन गर्दै संघका अध्यक्ष राजु श्रेष्ठले आफुले निर्बाचनको बेला सदस्य संग गरेका बाचा पुरा गर्नका लागि सदस्य केन्द्रित कार्यक्रमहरु तय गरि कार्यान्वय गर्नुपर्ने बताउंदै गोष्ठीले निर्देशित गरेका कार्यक्रमहरु कार्यान्वय गर्नमा कुनै कसर नराख्ने बताउनु भयो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले चितवन जिल्लाको सामाजिक ,आर्थिक विकासमा सहयोग पुर्‍याउने खालका कार्यक्रम तय गरिएको हुनाले योजनालाई मूर्त रुप दिनका लागि कार्यसमिति, पूर्वअध्यक्ष, संघका साधारण सदस्य लगायत सचिवालयको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।  कार्यक्रममा बोल्दै उहांले संघका प्राथमिक क्षेत्र रहेका कृषि , स्वास्थ्य, शिक्षा र पर्यटन वाहेक अन्य क्षेत्रहरु औद्योगिकरण, सामाजिक उत्तरदायित्व, महिला उद्यमी लगायतका विषयमा पनि कार्यक्रमहरु सञ्चालन गरिने बताउनु भयो । 

सोहि कार्यक्रममा संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय कार्यकारिणी समिति सदस्य कल्याण जोशीले बनाइएका योजनाहरुलाई संघको गतिविधिमा पारी क्रियाकलाप नर्गनेहो भने योजना मात्र कागजी स्वरुप हुने बताउदै उद्योग वाणिज्य संघ-चितवनका कार्यक्रम सञ्चालनमा नेपाल उद्योग वाणिज्य महासंघबाट समेत सक्दो सहयोग जुटाउन आफु प्रयत्नशिल रहने बताउनु भयो । 

गोष्ठीको समापन समारोहमा आफ्नो धारणा ब्यक्त गर्दै संघका पूर्व अध्यक्ष मित्रराज दवाडीले संघका योजनावद्ध गतिविधि भए नभएको जानकारी लिने र मार्गनिर्देशन गर्नका लागि संघमा छुट्टै संयन्त्रको विकास गर्नुपर्ने बताउंदै यसका लागि पूर्व अध्यक्षको पूर्ण सहयोग रहने बताउनु भयो । 

दुई दिन सम्म सञ्चालित गोष्ठीका सहजकर्ता हरिहर सुवेदीले उद्योग वाणिज्य संघ-चितवन देशकै अग्रणी उद्योग वाणिज्य संघ भएकोले यसको क्षेत्र व्यापक भएको बताउंदै संघले चितवनको बृहत्तर विकासमा ध्यान दिनुपर्ने बताउनु भयो । कार्यक्रमले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन,सचिवालय सुदृढीकरण तथा सवलिकरण, औद्योगिकरण, संघको अर्न्तराष्ट्रिय सम्बन्ध विस्तार, लगानी प्रबर्द्धन तथा उत्पादन बृद्धि  र संघका संस्थागत सामाजिक उक्तरदायित्व अर्न्तगतका करिव चार दर्जन कार्यत्रम छनौट गरेको संघका कार्यक्रम अधिकृत निलबहादुर केसीले जनकारी दिनुभयो । संघका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न ऊक्त कार्यत्रम संघका कार्यक्रम अधिकृत निलबहादुर केसीेले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा संघका नवनिर्वाचित कार्यसमिति, पदाधिकारी, पूर्व अध्यक्ष, संघका विशिष्ट सदस्य , सचिवालयका कर्मचारीको सक्रिय सहभागिता रहेको थियो । संघले प्रत्येक २/२ बर्षमा यस किसिमको योजना तर्जुमा गोष्ठी सञ्चालन गर्दै आइरहेको उद्योग वाणिज्य संघ-चितवनको सचिवालयले जनाएको छ । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by