Feb 13, 2020
उवासंघ-चितवनद्वारा ट्राफिक व्यवस्थापन सम्बन्धी छलफल 

फागुन १, भरतपुर । 

चितवन जिल्लाक- भरतपुर महानगरपालिका अर्न्तगत पुल्चोकदेखी लायन्सचौक, पुल्चौकदेखी पोखरा वसपार्क लगायत भरतपुर महानगरपालिकाका व्यवसायीक स्थान र राजमार्गमा रहेको ट्राफिक समस्या सम्बन्धमा छलफल गर्नका लागि उद्योग वाणिज्य संघ-चितवनमा आयोजना गरिएको सरोकारवाला बिचको छलफल तथा अन्तरक्रिया कार्यत्रम सम्पन्न भएको छ । 

छलफल कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ-चितवनका अध्यक्ष श्री राजु श्रेष्ठले चितवन जिल्लाको व्यवसायीक केन्द्रको रुप्मा रहेका पुल्चोक, मेनरोड, लायन्सचोक र भरतपुर महानगर क्षेत्रका बिभिन्न व्यवसायिक स्थलहरुमा भएको पार्किङको समस्या एवम् ट्राफिक समस्याका कारण व्यवसायमा नकारात्मक असर पर्नुका साथसाथै अन्य मानविय क्षतिमा समेत बृद्धि हुन लागेकोले छलफल कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले सवारी साधनमा आएको बृद्धि, सर्वसाधारणको बाक्लो चहल पहल हुनुका साथै ट्राफिक व्यवस्थापनका आवश्यक पूर्वाधार नभएको कारण मुख्य बजार क्षेत्रमा समस्या सिर्जना भएको बताउंदै यसको दिर्घकालिन समाधानको लागि सरोकारवाला संग अनुरोध गर्दै यसका लागि निजि क्षेत्रको तर्फबाट सहयोग गर्नका लागि उद्योग वाणिज्य संघ-चितवन तयार रहेको बताउनु भयो । 

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाकृष्ण भट्टले नारायणगढ क्षेत्र नेपालकै केन्द्रविन्दुमा रहेको र राजमार्गको लाईफलाईन पर्ने हुनाले यसको समस्या समाधानको लागि समपूर्ण सरोकारवाला सक्रिय हुनुपर्ने बताउनु भयो । उहाँले ट्राफिक प्रहरीमा भएको जनशक्तिको अभावले पनि ट्राफिक व्यवस्थापनमा जटिलता आएको बताउनु भयो । छलफल तथा अन्तरक्रिया कार्यत्रममा आफ्नो धारण राख्दै संघका निबर्तमान अध्यक्ष सहनलाल प्रधानले समस्या समाधानको लागि दिर्घकालिन सोंच सहितको भिजन तयार गर्नुपर्ने बताउनु भयो । 

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, उपाध्यक्ष भोजराज कौडाल, कासस अशोक अधिकारी, श्रीगणेश टोल विकास समितिका अध्यक्ष सिद्धार्थलाल चुके,उपाध्यक्ष बालगोपाल चुके, संगमटोल विकास संस्थाका अध्यक्ष रामहरी श्रेष्ठ लगायतले आ-आफ्नो धारणा राख्नु भएको थियो ।  

अध्यक्ष श्री राजु श्रेष्ठज्यूको अध्यक्षतामा संघको सचिवालयमा बसेको सरोकारवालाहरुको वैठकले उक्त क्षेत्रमा स्थलगत अवलोकन गरी ट्राफिक समस्या समाधानका लागि आवश्यक अध्ययन गर्नका लागि उद्योग वाणिज्य संघ-चितवनका अध्यक्ष श्री राजु श्रेष्ठको संयोजकत्वमा सरोकारवाल संघ/संस्था र निकायमा आवद्ध व्यक्तित्व संलग्न एक १३ सदस्यीय अध्ययन समिति गठन गरिएको उद्योग वाणिज्य संघ-चितवनका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिनुभयो । उद्योग वाणिज्य संघ-चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन, भरतपुर महानगरपालिका, सडक बिभाग , बिभिन्न टोल विकास संस्थाका प्रतिनिधि समेत रहेको उक्त समितिले यथाशक्य छिटो अध्ययन गरि समस्या समाधानार्थ बृहत छलफल गरि कार्यसम्पादन गर्ने उद्योग वाणिज्य संघ-चितवनले जनाएको छ । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by