Dec 23, 2019

लेखनाथ,७ पुस ।

बेहुलालाई सझि सझबट गरि बेहुली लिन पठाए पछि महिलाहरुले मात्र मनोरङजनका लागि खेलिने रत्यौलीलाई लेखनाथ महोत्सवको स्टेजमा प्रस्तुत गर्दा महोत्सवलाई थप रोचक बनाएको छ ।

पुरुषले हेर्न नहुने भन्ने प्राचिन भनाई रहेपनि महोत्सवको स्टेजमा देखाईएको रत्यौलीमा सवै प्रकारका दर्शकहरुले अभिरुचिका साथ हेरेको देखिन्थ्यो ।

महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ माघ ११ गते देखि संचालीत १६ सस्करणको लेखनाथ महोत्सवमा राखिएको रत्यौली गीतले दर्शकहरुको आकर्षण बढेको हो ।

सवै तहका दशकहरुलाई मनोरङजन दिने उद्देश्यले राखिएको रत्यौली गीतमा एका तिर जग्गीया र अर्को तर्फ बेहुला बेहुली नै बनाएर रत्यौली गीत मार्फत स्टेजमा लुठो सहितको नृत्यले दर्शकहरुको मन जितेको पाईएको थियो ।

महोत्सवलाई थप रोचर र मनोरङजन दिने उदेस्यले राखिएको रत्तौली गीतमा सहभागीता जनाएका  १५ सहभागीहर मध्य सोमवार नमुना आमा समुह पोखरा २५ र खराने ताजा तरकारी कृषक समुहको प्रस्तुती रहेको रत्यौली गीतकी संयोजक मेनुका श्रेष्ठले जानकारी दिएकी छन् ।

महोत्सवको पाचौं दिन विहान देखि बढेको चिसोलाई कुनै प्रवाह नगरि मध्यान्ह पछि  खुलेको मौसमसंगै दर्शकको चाप बढेको थियो । सोमवार मात्र करिव एक करोड बरावरको आर्थिक कारोवार भएको लेखनाथ उवासंघका द्धितीय उपाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिएका छन् भने सोमवार करिव १० हजार दर्शकले मेलाको अवलोकन गरेको र अहिले सम्म करिव एक लाख १० हजार दर्शकले मेलाको अवलोकन गरेको र पाँच करोड ५० लाख बरावरको आर्थिक कारोवार भएको संघका उपमहासचिव तथा प्रचार प्रसार संयोजक उपेन्द्रराज सुवेदी राजुको दावी रहेको छ ।  

मेलामा सोमवार लोक दोहोरी तर्फ प्रजापति पराजुली,कृष्ण रेउले,चोलेन्द्र पौडेल,प्रदिप त्रिपाठी, सिता के सी,मञ्जु विक, काजल गुरुङ, माया गिरी, सहितका चर्चीत कलाकारको विजोड प्रस्तुती रहेको थियो भने हास्य तर्फ चक्लेटी र दारी बाको प्रस्तुती साथै साझको लायभ कन्सटमा मिस्टर डि ,विन्दु परियार र माया पुन साथमा मोडल डान्स प्रस्तुत भएको थियो ।

यसैगरि महोत्सवमा राखिएको विद्यालय स्तररिय नृत्यमा सोमवार लिटल फ्लावर वोडिङ स्कुल, अमरज्योती गाउर्फक मावि र लक्ष्मी माविको प्रस्तुती र साथमा स्याङजाली तमु समाजको सास्कृतीक कार्यक्रम रहेको थियो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by