Aug 21, 2019
सिद्धार्थ उवासंघ र महासंघका पदाधिकारीहरु बीच छलफल 
 
भैरहवा भदौ ३ गते 

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष श्री भवानी राणा  एवं महासंघका पदाधिकारीहरुको टोलीलाई सिद्धार्थ उद्योग वाणिज्य संघबाट स्वागत गरियो । 

स्वागत सहितको छलफल कार्यक्रममा वर्तमानमा सरकारबाट लगाइएको VCTS, अनिवार्य प्यान, ढुवानीमा भ्याट, चर्को ब्याजदर, सामाजिक सुरक्षा ऐनमा भएका अब्यवहारिक नियमले उद्योग व्यवसाय संचालनमा कठिनाई भएको साथै साना तथा मझौला उद्योग व्यवसायीहरुलाई एकदमै अप्ठ्यारो देखिएकोले त्यस्ता समस्या समाधानको लागि महासंघ गम्भीर भएर लाग्नु पर्ने अध्यक्ष कुलप्रसाद न्यौपानेले बताउनु भएको थियो ।

छलफलको क्रममा महासंघकी अध्यक्षले यस बिषयमा महासंघ गम्भीर भएको तथा सरकार र सरोकारवाला मन्त्रालय विभागमा निरन्तर दवाव र छलफल भईरहेको विचार ब्यक्त गर्नु भएको थियो । 

ऊक्त कार्यक्रममा महासंघका जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान, नेउवामहसंघ प्रदेश नं. ५ का अध्यक्ष गुणनिधि तिवारी लगायत संघका पूर्व अध्यक्ष, सल्लाहाकार एवं पदाधिकारीज्यूहरुको उपस्थिति रहेको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by