Aug 18, 2019
उवासंघ-चितवन र श्रीलंकाका राजदूत बिच भेटघाट तथा छलफल कार्यक्रम 

भाद्र १ , चितवन ।

उद्योग वाणिज्य संघ-चितवन र नेपालका लागि श्रीलंकाका महामहिम राजदुत स्वर्ण परेरा बिच संघको वैठक कक्षमा भेटघाट एवं छलफल कार्यक्रम सम्पन्न भएको छ । 

नेपाल र श्रीलंका बिचको दैत्य सम्बन्ध स्थापित भएको दसकौं भईसक्दा पनि दुई देश विचको व्यवसायीक सम्बन्धमा आसातित विकास हुन नसकेको अवस्थामा यस विषयमा छलफल  गर्नका लागि ऊक्त कार्यत्रमको आयोजना गरिएको हो । 

कार्यक्रममा महामहिम राजदुतलाई संघमा स्वागत गर्दै अध्यक्ष सहनलाल प्रधानले उवासंघ चितवन र श्रीलंकाका उच्च पदस्थ अधिकारी विचको छलफल पहिलो भएको बताउंदै संघको निमन्त्रणालाई स्विकार गरि कार्यक्रममा उपस्थित हुनुभएकोमा महामहिम राजदूत प्रति हार्दिक आभार व्यक्त गर्नु भयो । कार्यक्रममा अध्यक्ष प्रधानले चितवन जिल्ला पर्यटन, कला, धर्म, संस्कृति, प्राकृतिक, वसोवास, अवस्थिति लगायतका हिसावले धेरै सम्भावना बोकेको जिल्ला भएको बताउंदै यस क्षेत्रको विकासका लागि श्रीलंका र नेपाल बिच व्यवसायीक मित्रता आवस्यकता भएकोले आफ्नो देशबाट चितवनमा लगानी गर्न प्रोत्साहन गर्नका लागि अनुरोध गर्नु भयो । अध्यक्ष प्रधानले हामी नेपाल भ्रमण बर्ष २०२० को संघारमा रहेकोले भ्रमण वर्षलाई सफल पार्नका लागि श्रीलंकाका पर्यटकलाई नेपाल भित्राउनका लागि पहल गर्न आग्रह गर्नु भयो । उहांले दुवै देश बिचको व्यापारिक सम्बन्धमा भएका जटिलतालाई सरलिकृत गर्दै आगामी दिनमा ब्यापार बृद्धी गर्ने खालका कार्यक्रम गर्नुपर्ने औंल्याउनु भयो । 

कार्यक्रमका प्रमुख अतिथि तथा नेपालका लागि श्रीलंकाका महामहिम राजदुत स्वर्ण परेराले नेपाल र श्रीलंका बिचको सम्बन्ध प्राचिन काल देखीनै रहंदै आएको बताउंदै दुवै देशका जनता बिच सांस्कृतिक तथा धार्मिक लगायत भाषागत रुपमा समेत सामिप्यता रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै महामहिम परेराले श्रीलंकामा सेवामुलक व्यवसायमा लगानी गर्न चितवनका उद्यमी व्यवसायीलाई अनुरोध गर्नुभयो । कार्यक्रममा बोल्दै महामहिम राजदुतले चितवन तथा नेपालका व्यवसायी र श्रीलंकाका व्यवसायी बिच भेटघाट, छलफल तथा एक अर्कोमा अध्ययन अवलोकन भ्रमणको आदान प्रदान गर्नु पर्ने बताउंदै उवासंघ चितवनलाई श्रीलंका भ्रमण गर्न अपिल गर्दै यसका लागि आफुले सक्दो सहयोग पुर्‍याउने बताउनु भयो । 

सोहि अवसरमा बोल्दै उवासंघ-चितवनका निबर्तमान अध्यक्ष एवं नेउवामहासंघ प्रदेश नं. ३ का उपाध्यक्ष राजन गौतमले नेपाल र श्रीलंका बिच विजनेस टु विजनेस मार्फत सम्बन्ध विकास र व्यापार विस्तारमा सहयोग पुग्ने बताउंदै यसका लागि उवासंघ-चितवन लगायत नेउवामहासंघले छिटै पहल गर्ने बताउनु भयो । उवासंघ–चितवनका पुर्व अध्यक्ष एवं नेउवामहासंघका कार्यकारिणि समिति सदस्य डा. तिलचन्द्र भट्टराईले श्रीलंकामा आफु रहंदाको अुनभवलाई उल्लेख गर्दै नेपाल र श्रीलंका दुवै देशले पर्यटनको क्षेत्रमा प्रचुर मात्रामा सम्भावना बोकेकोले यसको प्रबर्द्धनमा दुवै देशका तर्फबाट कुटनितिक पहल हुनुपर्ने बताउनु भयो । 

स्वागत तथा छलफल कार्यक्रममा उद्योग वाणिज्य संघ-चितवनका गतिविधि लगायत चितवन जिल्लाको कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यको क्षेत्रमा भएका विकास र सम्भावनाका बारेमा संघका कार्यक्रम अधिकृत निलबहादुर केसीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।  उवासंघ-चितवनका कार्यकारि निर्देशक गौरव खतिवडाको सञ्चालन, अध्यक्ष सहनलाल प्रधानको सभापतित्वमा सम्पन्न ऊक्त कार्यत्रममा संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो । 

कार्यक्रममा नेउवामहासंघका कार्यकारीणी समिति सदस्य, संघका पूर्व अध्यक्ष, श्रीलंका दुतावासका अधिकृत, संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु लगायत सञ्चाराकर्मीहरुको उपस्थिति रहेको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by