Jul 06, 2019
लेखनाथ उद्योग बाणिज्य संघले मनायो २३ औं स्थापना दिवस तथा वार्षिकोत्सव

असार २० , लेखनाथ
 
लेखनाथ ऊद्योग बाणिज्य संघले शुक्रवार विबिध कार्यत्रमका साथ आफनो २३ औं स्थापना दिवस तथा बार्षिकोत्सव समारोह मनाएको छ ।
 
बार्षिकोत्सव समारोहको उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निजी क्षेत्रको सहभागिता विना विकास सम्भव नहुने बताउदै देशमा राजनितीक लडाईका विषयको समाप्ती भएकाले अव आर्थीक समृद्धिका विषयमा केन्द्रत भएर देश विकास गर्नु पर्ने सुझाव राखेकी हुन् ।
 
नेपालको आर्थीक बृद्धि पर्यटन, कृषि र हाईडोबाट सम्भव भएको प्रशंग उठाउदै अध्यक्ष राणाले सरकारले विदेशी उद्योग कलकारखानाहरुलाई नेपालमा भित्राउनका लागि पहिला स्वदेशमा नै भएका उद्योगहलाई बलियो र उत्पादन मुखि बनाउन सके विदेशी लगानीका कलकारखाना नेपालमा आउन सक्ने तर्क दिदै सरकारको तर्फबाट स्पष्ट निती आउनु पर्नेमा जोड दिएकी थिईन ।
 
सोही अवसरमा नेपाल विद्युत प्राविधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लेखनाथ उद्योग वाणिज्य संघले सम्मान गर्ने कार्य गरेको थियो भने निर्देशक घिसिङले लोडसेडिङको अन्त्येसँगै देशमा सकारात्मक सोचको अध्याय सुरु भएकाले विद्युतको क्षेत्रमा केही मात्रमा सुधार आउदा नौ अर्व घाटामा रहेको सस्थालाई नौ महिनामा तीन अर्व नाफामा पुर्‍याएको र अव छिटै प्रति वर्ष पाँच अर्व नाफामा पुर्‍याउने लक्ष्य राखेको बताएका थिए । साथै उनले लोडसेडिङको अन्त्य सवैको साथ सहयोगबाट मात्र सम्भव भएको र विद्युत प्राविधिकरणमा देखिएका विभिन्न समस्याको सुधार, असमान वितरण प्राणाली र चुहावटको रोकथामबाट सम्भव भएको बताएका थिए ।
 
कार्यक्रममा पुर्व कानुन मन्त्री यज्ञवहादुर थापाले उत्पादनको बृद्धि नगरी गरिवी हटाउन नसकिने तर्क राखेका थिए भने नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले नेपालको विकासका लागि अन्य १० जना कुलमान जिन्मनु पर्ने सुझाव राखेको थिए ।
 
उक्त अवसरमा पूर्व अध्यक्ष स्वं नारायणप्रसाद श्रेष्ठले स्थापना गर्नुभएको अक्षयकोषबाट सरस्वती टिका मा.वि.की कक्षा ८ मा अध्ययनरत जेहेन्दार तथा अपाङ्  छात्रा विविका बोहोरालाई छात्रबृद्धि प्रदान गरिएको थियो भने आमन्त्रित सदस्य कृष्णप्रसाद ढुङ्गानाले राख्नुभएको वातावरण तथा सरसफाई क्षेत्रमा कार्यगर्ने उत्कृष्ट संस्थाको रुपमा राईजिङ स्टार युथ क्लवले पुरस्कार तथा सम्मान प्राप्त गरेको थियो । 

संघका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले संघको स्थापना काल देखि बर्तमान अवस्था सम्मका गतिबिधी र उद्योग ब्यवसायीले भोग्नु परेका समस्यका बारेमा जानकारी गराएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्र वहादुर बुढाले शुभकामना मन्तव्य राख्नुभएको ऊक्त कार्यत्रस संचालन महासचिव भरतकुमार अधिकारले गरेका थिए ।
 
यसै बिच स्थापन दिवसको अवसर पारेर संघले कार्यसमिति, सल्लहकार, पुर्व अध्यक्ष तथा विभिन्न उप समितिका विच समिक्षा, आगामी दिनमा अगाल्नु पर्ने कार्यनितिका बारेमा छलफल र संघ नेपाल उद्योग बाणिज्य संघको मुल्याङकनमा क वर्गमा उत्कृष्ट भएकोमा संघमा दिप प्रज्ज्वलन कार्यक्रम पनि गरिएको थियो ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by