Jun 30, 2019
एस फि एस सम्बन्धि अर्न्तक्रिया कार्यत्रम सम्पन्न 

१५ असार, चितवन । 

उद्योग वाणिज्य संघ-चितवन र खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरको संयुक्त आयोजनामा एक दिवसिय खाद्य सुरक्षा एवं स्वच्छता सम्बन्धि एस फि एस बिषयक अन्तरक्रिया कार्यत्रम सम्पन्न भएको छ । 

खाद्य व्यवसायी एवं सरोकारवालाहरुलाई मुख्यत भारत तथा तेश्र्रो मुलुकबाट आयाता गर्ने खाद्यजन्य वस्तुहरुको आयात एवं व्यापार गर्दा ध्यान दिनुपर्ने विषयहरुका वारेमा अभिमुखिकरण गराउने उद्देश्यले ऊक्त कार्यत्रमको आयोजना गरिएको हो । 

कार्यक्रममा सहभागि एवं सरोकारवालाहरुलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं उद्योग वाणिज्य संघ-चितवनका अध्यक्ष सहनलाल प्रधानले नेपाल खाद्यजन्य उत्पादनमा स्वाभिमान तथा आत्मनिर्भर रही निकासी गर्ने सम्भावना हुंदाहुंदै पनि भारत तथा तेश्र्रो मुलुकबाट खाद्यान्न आपूर्ति गर्नुपर्ने बाध्यता रहेको अवस्थामा आयात गर्दा यसको सुरक्षा, स्वस्थता लगायतको वारेमा जानकार राख्नुपर्नेमा जोड दिनु भयो । 

कार्यक्रममा अध्यक्ष प्रधानले खाद्य तथा मासुजन्य पदार्थ आयात एवं बेचबिखन गर्दा मानव स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने उपभोग्य वस्तुको वारेमा ज्ञान हुनुपर्ने औंल्याउंदै सरकारप्रदत निकाय लगायत व्यवसायी चनाखो हुनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा उहांले व्यवसाय गर्दा उपभोक्ताको हक, अधिकारका विषयमा पनि ध्यान दिनुपर्नेमा जोड दिनु भयो । 

कार्यक्रममा उद्योग वाणिज्य संघ-चितवनका कार्यसमिति सदस्य एवं किराना व्यवसायी संघका अध्यक्ष ईश्वरी प्रसाद खरालले खाद्य संग सम्बन्धित व्यवसायीहरुले सावधानिपूर्वक सामान आयात एवं विक्रिवितरण गर्नुपर्ने औंल्याउनु भयो । 

कार्यक्रममा खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका कार्यालय प्रमुख विक्कि रावतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने खाद्य निरिक्षक प्रदिप काफ्लेले सहजीकरण गर्नुभएको उद्योग वाणिज्य संघ-चितवनका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिनु झयो । 

अन्तरक्रिया कार्यत्रममा उद्योग वाणिज्य संघ-चितवनका पदाधिकारी, साधारण सदस्य एवं पत्रकारको उपस्थिति रहेको थियो । कार्यक्रममा  उवासंघका साधारण सदस्य, खाद्य तथा मासुजन्य पदार्थ विक्रेता लगायत ७० जनाको सहभागिता रहेको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by