Jun 10, 2019
उद्योग वाणिज्य संघ - चितवनको स्वागत कार्यक्रम
२७ जेष्ठ,चितवन

उद्योग वाणिज्य संघ - चितवनले आज एक कार्यक्रमको आयोजना गरि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक दानबहादुर मल्ललाई स्वागत गरेको छ । हालसालै सरुवा भई चितवनको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका मल्ललाई संघले आफ्नो कार्यालयमा स्वागत गरेको हो ।

स्वागत कार्यक्रममा बोल्दै संघका अध्यक्ष सहनलाल प्रधानले मल्लको चितवन वसाई सुखद रहोस भन्ने कामना सहित व्यवसायीहरुको सुरक्षामा संवेदनशिल हुने अपेक्षा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष प्रधानले जिल्लामा बढ्दै गैरहेका चोरी, डकैति, र्दुव्यसनी, हिंसा लगायतका क्रियाकलापहरुमा कमि आउने अपेक्षा ब्यक्त गर्नुभयो । उहांले जिल्लाको सुरक्षा संयन्त्रमा मजबुत बनाउनका लागि जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा दरबन्दि र आवश्यकता भन्दा न्यून सुरक्षाकर्मि भएको बताउंदै संख्यामा बृद्धी गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि प्रहरी उपरिक्षक दानबहादुर मल्लले जिल्लाको सुरक्षामा कुनै कमि आउन नदिने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा उहांले उद्यमी व्यवसायी पनि विना बर्दिका प्रहरी भएको बताउंदै प्रहरी - समुदाय साझेदारी कार्यक्रम अर्न्तगत यस क्षेत्रको सुरक्षा एवं विकासका त्रियाकलापमा संलग्न हुन आहन गर्नुभयो । कार्यक्रममा बोल्दै प्रहरी प्रमुख मल्लले चितवन जिल्लावासीले प्रहरीलाई आवश्यक सूचना प्रवाह गरि कार्य सम्पादनलाई सहज बनाउन अनुरोध गर्नुभयो । 

यसै गरि उद्योग वाणिज्य संघ-चितवनका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य डा. तिलचन्द्र भट्टराईले बर्तमान प्रबिधिको समयमा मानव संयन्त्र मात्र नभई प्रबिधिको भरपुर सदुपयोग गरि सुरक्षाको प्रत्यभुति दिन अनुरोध गर्दै उद्योग वाणिज्य संघ-चितवनले यस कार्यका लागि सहयोग गर्दै आइरहेको र आगामी दिनहरुमा पनि सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा उवासंघ-चितवनका कार्यकारी निर्देशक गौरव खतिवडाले उवासंघ-चितवनको संक्षिप्त परिचय प्रस्तुत गर्नुभएको थियो । सोहि अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक चन्द्र कुमार गिरीलाई पनि स्वागत गरिएको संघका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिनु भयो । उद्योग वाणिज्य संघ-चितवनका  पदाधिकारी, कार्यसमिति सदस्य, बिभिन्न वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधि, संघका कर्मचारी लगायतको सहभागिता रहेको ऊक्त कार्यत्रमको अध्यक्षता संघका अधयक्ष सहनलाल प्रधानले गर्नभएको थियो भने संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by