May 24, 2019
१२ औं चितवन महोत्सव-२०७५ पत्रकार-सम्मेलनमा प्रेषित प्रेस विज्ञप्ती
२०७६ जेष्ठ १० गते, शुत्रवार

आदरणिय महानुभावहरु,

कुनै पनि जिल्लाको समग्र विकास एवम् पहिचान निर्माणमा त्यस जिल्लामा सञ्चालन हुने प्रबर्द्धनात्मक कार्यक्रमहरुले महत्वपूर्ण योगदान पुर्‍याउने गर्दछन् । जिल्लाको समष्टिगत विकासमा टेवा पुर्‍याउने बिबिध प्रबर्द्धनात्मक माध्यमहरु मध्ये मेला, महोत्सव एक महत्वपूर्ण कार्यक्रम हुने कुरालाई ह्दयंगम गर्दै चितवनको गरिमामय विविधता र समग्रताका प्रतिविम्वको रुपमा लोक ख्याति प्राप्त गर्न सफल चितवन महोत्सव वि. सं. २०५३ साल देखि प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना गरिदै आएको छ भने आयोजना गरिएका सम्पूर्ण महोत्सवहरु ऐतिहांसिक रुपमा सफलताका साथ सम्पन्न भएको यहा“लाई स्मरण गराउन चाहन्छु । सार्वजनिक निजि साझेदारीको अनुपम नमूना बन्न सफल चितवन महोत्सवले विगतमा झै जिल्लाको समग्र आर्थिक, सामाजिक सा“स्कृतिक, पर्यटकिय आदि विविध क्षेत्रको विकास एवम् संरक्षण, सम्वर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने पावन उद्देश्य अनुरुप यस पटक  बाहैं संस्करणको रुपमा चितवन महोत्सव-२०७५ विभिन्न कार्यक्रमहरु आयोजना गरि भव्यताका साथ सम्पन्न भएको छ ।  

उद्योग व्यवसायको प्रबर्द्धन तथा यस क्षेत्रको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायत विविध क्षेत्रको विकासमा अग्रपंक्तीमा रहि साझेदारी गर्दै यस पटक पनि बिगतका दिनहरुमा झै उद्योग वाणिज्य संघ-चितवन, जिल्ला समन्वय समिति चितवन र भरतपुर महानगरपालिकाको संयुक्त प्रयासमा पौष २५ देखि माघ ४ गतेसम्म चितवनको गौरव र गरिमामय प्रस्तुतीको रुपमा चितवन महोत्सव-२०७५ प्रदर्शनी मैदान नारायणी नदी किनारमा सम्पन्न भएको थियो ।
नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई समेत टेवा पुर्‍याउनका लागि पर्यटन प्रबर्द्धन लाई केन्द्र बिन्दुमा राखि १२ औं संस्करणको रुपमा चितवन महोत्सव-२०७५ आयोजना गरिएको थियो । दश दिन सम्म भव्यताका साथ सञ्चालन गरिएको महोत्सवमा ५७१ स्टलहरुको व्यवस्था गरिएको थियो । कृषि, स्वास्थ्य,पर्यटन , शिक्षा, सूचना तथा सञ्चार प्रविधि , औद्योगिक तथा व्यापार , अटोमोवाईन्स, ईलेक्ट्रिकल्स तथा ईलेक्ट्रोनिक्स सामानहरु, हस्तकलाका सामाग्रीहरु, महिला उद्यमीद्धारा उत्पादित वस्तुहरु,  डेरी, मह सम्बन्धि स्टलहरु केरा तथा च्याउको प्रबर्द्धनका लागि छुट्टै स्टलहरु तथा रेष्टुरेन्टहरु लगायत प्रदर्शनीमा रहेका थिए। बिभिन्न जिल्लाबाट आएका महिला उद्यमी, हस्तकलाका प्रदर्शनी, सामाजिक संघ, संस्था, पर्यटन सूचना केन्द्र जस्ता सूचनामुलक एवं जनचेतनामूलक सन्देश प्रबाह गर्ने संघ संस्थाहरुलाई निशुल्क स्टलहरुको समेत व्यवस्था गरिएको थियो ।यस किसिमका निशुल्क स्टलहरुको संख्या ४१ रहेको थियो । यसै गरि महोत्सव अवधिभर सञ्चालनमा आएका बिभिन्न मनोरञ्जनात्मक खेलहरुमा सहभागिहरुको बिमाको व्यवस्था गरिनुका साथै आन्तरिक एवं वाह्य सुरक्षा व्यवस्था निकै चुस्त ढंगले गरिएको थियो ।

क्षेत्रगत (शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन) प्रबर्द्धनका लागि छुट्टै परिसरको समेत व्यवस्था गरिएको थियो भने फनपार्क, जलयात्रा, माछाको कलात्मक आकृति, कलात्मक मूलद्धार , महोत्सव परिसरबाट नगरबन सम्मको जिप सफारी , सांस्कृतिक भेष भुषा प्रदर्शनी लगायतका क्रियाकलापहरु यस पटकको महोत्सवका मुख्य आकर्षण रहेका थिए । चितवनको इतिहासमा पहिलो पटक महोत्सवको समुद्घाटन समारोहमा चितवन जिल्लाका ७ वटै स्थानिय तहहरुमा अवस्थित ५० पर्यटकिय गन्तब्यहरुको तस्विर सहितको विवरण उल्लेख गरिएको चितवन फर्यटन निर्देशिका ९ऋजष्तधबल त्यगचष्क म्ष्चभअतयचथ० बिमोचन गरिएको थियो । नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशन गरिएको उक्त निर्देशिकाले चितवन जिल्लाको पर्यटन विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । स्मारिका तथा प्रदर्शक पुस्तिका प्रकाशनले बिगतका दिनहरुमा जस्तै यस पटक पनि निरन्तरता पाएका छन् । यसै गरि चितवन महोत्सवको अवधिमा आयोजना गरिएका समसामयिक बिषयका सेमिनार तथा गोष्ठीहरुमा लक्षित बर्गहरुको सहभागिता एवं राष्ट्रिय स्तरका स्रोत व्यत्तिहरुको प्रस्तुतीकरणले सञ्चालन गरिएका कार्यक्रमहरुबाट लक्षित वर्ग लाभान्वित भएका छन् । परम्परागत खाना महोत्सव एवं सांस्कृतिक कार्यक्रमहरु पनि यस पटकको महोत्सवको आकर्षणको केन्द्रबिन्दुमा रहेका थिए । नारायणगढको क्याम्पाचौरमा आयोजना गरिएको फुड फेस्टिवलमा स्थानिय बिभिन्न परिकारका ठूला ५ र साना ३३ गरि ३८ वटा स्टलहरु राखिएका थिए भने प्रत्येक दिन स्थानिय एवं राष्ट्रिय कलाकारहरु द्धारा बिबिध प्रस्तुतीहरु दिइएको थियो ।

आदरणिय पत्रकार तथा सञ्चारकर्मी साथीहरु,

बाह्रौं चितवन महोत्सव भव्यताका साथ सम्पन्न गर्नका लागि निम्नानुसारका कार्यक्रमहरु आयोजना गरिएका थिए ।

१    औद्योगिक प्रदर्शनी
२    व्यापार मेला
३    कृषि प्रदर्शनी
४    कृषि उपजहरुको प्रतियोगितात्मक प्रदर्शनी
५    पर्यटकिय स्थलहरुको प्रदर्शनी एवं प्रबर्द्धनात्मक कार्यक्रमहरु
६    बिभिन्न जनजातिहरुको रहन सहन, भेष भुषा तथा सभ्यता झल्किने परम्परागत घरहरु
७    शैक्षिक परामर्शदाता एवं शैक्षिक संस्थाहरुको प्रदर्शनी
८    सरकारी तथा गैह्सरकारी निकायहरुका विभिन्न गतिविधिहरुको प्रदर्शनी
९    केरा तथा च्याउका उत्पादन एवं परिकारहरुको प्रदर्शनी एवं विक्रिवितरण
१०    स्वास्थ्य सम्बन्धि बिभिन्न शिविरहरु
११    परम्परागत खाना महोत्सव (फुड फेस्टिवल)
१२    डुंगा दौड प्रतियोगिता
१३    नारायणी नदीमा जलयाक्राका कार्यत्रमहरु
१४    सास्कृतिक कार्यक्रमहरु ( नृत्य, गायन प्रतियोगिताहरु सहित)
१५    लोकदोहोरी गीत प्रतियोगिता
१६    बिभिन्न बिषयका गोष्ठी तथा सेमिनारहरु
१७    जिप सफारी
१८    भेषभुषा प्रदर्शन आदी
१९    कृक्रिम चिडियाखाना
२०    खेलकुद कार्यत्रमहरु

चितवन महोत्सवको १० दिनको अवधिमा करिव ५ लाख अवलोकनकर्ताहरुले महोत्सवको अवलोकन गरेका थिए । उक्त अवधिमा करिव २५ करोड वरावरको कारोवार भएको थियो भने महोत्सवको अवधिमानै नेपालका १२ वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघले समेत महोत्सवको अवलोकन गरेका थिए जसले यसको गरिमा र लोकप्रियतालाई प्रतिबिम्बित गरेको हामीहरुले महसुस गरेका छौं ।

पत्रकार मित्रहरु, महोत्सवलाई सफल पार्नका लागि बिभिन्न औद्योगिक प्रतिष्ठानहरु, संघ, संस्था लगायतले बिभिन्न क्षेत्रमा प्रायोजन गरि सहयोग गर्नुभएको थियो उक्त प्रायोजन सम्बन्धि विवरण देहाय बमोजिम रहेका छन् ।

प्रायोजनको व्यवस्था र विवरण
१    मूल प्रायोजक: टेस्ला एअर कन्डिसनर
२.    सह-प्रायोजक: १) आइएमई ग्रुप २) ए.वि.सि. एजुकेशन एन्ड माईग्रेसन
३.    सहयोगि संस्थाहरु: १) अर्घाखाँची सिमेन्ट २) भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. ३ ३) बजाज मोटरसाईकल ४) नेपाटप, नेपो फर्निचर
४.    प्रबर्द्धक: १) नेपाल पर्यटन बोर्ड  २) नेउवामहासंघ  ३) प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना
५.    सांस्कृतिक कार्यक्रम प्रायोजन:    मनकामना दर्शन प्रा.लि.
६.    रेष्टुरेन्ट परिसर सौजन्य:    बोटलर्स नेपाल तराई लि.
७.    अटो परिसर प्रायोजक:    गोल्डफिस ईन्टरनेशनल
८.    पोल्ट्री परिसर प्रायोजक:    के. प्रो.
९.    आधिकारिक बैंक:    जनता बैंक नेपाल लि.
१०    आधिकारिक पत्रिका:    नया“ पत्रिका राष्ट्रिय दैनिक
११    मूल गेट सौजन्य:    सेन्चुरी मसला
१२    टिकट सौजन्य:    वैष्णव मिष्ठान्न भण्डार
१३.    आधिकारिक प्रिन्टर:    प्रिमियर प्रिन्टिङ प्रेस
१४    फुड फेस्टिवल प्रायोजक:    गोर्खा ब्रुअरी
१५    सचिवालय प्रायोजक:    ब्ब्ऋ ब्लक
१६    होडिङ बोर्ड सौजन्य:    लक्की ज्वेलर्स
१७    मेड ईन नेपाल परिसर सौजन्य:    नेपाल युवा उद्यमी मञ्च, चितवन
१८    आधिकारिक बिमा:    आई.एम.ई जनरल ईन्सुरेन्स
१९    सिसि क्यामेरा सौजन्य:    फेसबुक कम्प्युटर्स
२०    फनपार्क गेट सौजन्य:    प्रिति चाउचाउ

२०७५ पौष २५ गतेका दिन एक भव्य समारोहका विच महोत्सवको समुद्घाटन पूर्व प्रधानमन्त्री, नेकपाका अध्यक्ष एवं चितवन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य माननिय पुष्पकमल दाहाल प्रचण्डज्यू बाट भएको थियो भने समापन २०७५ माघ ४ गते ३ नं. प्रदेशका मुख्यमन्त्री माननीय डोरमणि पौडेलज्यूबाट भएको थियो ।

पत्रकार मित्रहरु एवं उपस्थित महानुभावहरु,

नेपाल सरकार, प्रदेश सरकार र स्थानिय सरकारले कर तथा राजश्वका सम्बन्धमा निर्दिष्ट गरेका निति तथा नियमहरुलाई आत्मसात गर्दै हामीहरुले चितवन महोत्सवमा हुने आर्थिक कारोवारलाई विगतमा झैं करको दायरामा ल्याएका छौं । भरतपुर महानगरपालिकालाई प्रत्येक स्टलको १० प्रतिशतका दरले वहाल कर रु.  रु. ८,९५,०९५।०० झुक्तानी गरिसकेका छौं । यसै गरि वित्रि भएको प्रबेश टिकटको १३ प्रतिशतले हुन आउने रकम रु. ७,६९,१७०।००, आन्तरिक राजश्व कार्यालयमा भुक्तानी गरिसकेका छौं भने मनोरञ्जन करको रुपमा भरतपुर महानगरपालिका कार्यालयलाई रु.३,५०,०००।००  भुक्तानि गरिने जानकारी गराउन चाहन्छु । यसरी राजश्व तिर्ने सन्दर्भमा महोत्सव बाट बचत हुन आउने रकमको २५ प्रतिशत आयकर रु. १६,९९,९४७।९८ भुक्तानी गरिने जानकारी गराउंदछु ।

आदरणिय महानुभावहरु, चितवन जिल्लाको विकास र समृद्धीका लागि कुनै पनि किसिमको सहयोग र सहकार्य गर्न सदैव तयार रहेको यस संघले राष्ट्रिय गौरवको रुपमा रहेको धुर्मुस सुन्तली फाउन्डेसनको संयोजनमा  निर्माण हुन लागेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निमाणार्थ रु ५५,५५,५५५।०० (अक्षेरुपी पचपन्न लाख पचपन्न हजार पा“चसय पचपन्न रुपैया“)  सहयोग गरिने जानकारी गराउंदै उक्त सहयोगलाई बृद्धी गर्दै रु. १ करोड सम्म पुर्‍याउने प्रतिवद्धता ब्यक्त गर्न चाहन्छु । चितवन महोत्सव २०७५ को कुल आम्दानी रु. ३,४४,५४,११७।६८(अक्षेरुपी तिन करोड चवालिस लाख चवन्न हजार एक सय सत्र रुपैया अठसट्ठी पैसा) , कुल खर्च २,७६,५४,३२५।७८ ( दुई करोड छयत्तर लाख चवन्न हजार तिन सय पच्चिस रुपैया अठहत्तर पैसा) र कुल बचत (कर तिर्न बा“की) ६७,९९,७९१।९०( अक्षेरुपी सतसठ्ठी लाख उनान्सय हजार सात सय एकानब्बे रुपैया नब्बे पैसा ) रहेको जानकारी गराउन चाहन्छु ।

चितवन महोत्सव २०७५ लाई ऐतिहांसिक रुपमा सफल पार्न महत्वपूर्ण  भूमिका निर्वाह गर्नुहुने चितवन महोत्सव २०७५का विशेष सल्लाहकारज्यूहरु, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालज्यू, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीज्यू, चितवनवासि सम्पूर्ण महानुभावहरु, राजनितिक दल, जनप्रतिनिधिज्यूहरु, राजनितिक दलका नेता तथा प्रतिनिधि, लब्ध प्रतिष्ठित व्यक्तित्व, सल्लाहकार समिति, स्टेयरिङ समिति, मूल समिति, प्रदेश सरकार तथा यस अन्तर्गतका बिभिन्न निकायहरु, स्थानिय सरकार , बिभिन्न मन्त्रालयहरु, सञ्चारमाध्यमहरु, पत्रकारहरु, बिभिन्न कार्यगत समितिका संयोजक तथा सदस्यहरु, सहयोगी संस्थाहरु, प्रायोजकहरु, लगायत प्रत्यक्ष एवं परोक्षरुपमा महोत्सवलाई सफल पार्नका लागि सहयोग गर्ने ब्यक्तित्व एवं संघसंस्थाहरु , सचिवालयका कर्मचारीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । यसै गरि आजको यस पत्रकार सम्मेलनमा पाल्नुहुने बिभिन्न सञ्चार माध्यमका पत्रकारज्यूहरु लगायत सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

धन्यवाद ।  

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by