May 16, 2019
अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०७६ जेष्ठ २ गते

नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ती  मन्त्रालयको आयोजना र गुल्मी उद्योग वाणिज्य संघको सह-आयोजनामा “विश्व व्यापार संगठन (WTO) को स्थानीयकरण एवं व्यापार सहजिकरण तथा गुल्मी जिल्लाका निर्यात सम्भावना भएका वस्तु र सेवा सम्बन्धी अन्तक्रिया कार्यक्रम" गुल्मी उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भयो ।

गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रम उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयका शाखा अधिकृत नवराज आचार्यले विषय प्रवेश मन्तव्य राख्नु भयो भने मन्त्रालयका उपसचिव रामकृष्ण अधिकारी र कृषि उद्यम केन्द्र ÷जिल्ला लगानीद्धार सल्लाहकार दामोदर पोखरेलले प्रस्तुत गर्नु भएको कार्यपत्र माथि ग्रैह सरकारी संस्था महासंघ अध्यक्ष विष्णु भण्डारी ,जिल्ला सहकारी संघका अध्यक्ष यम बहादुर थापा र कफि सुपरजोनका वरिष्ठ कृषि अधिकृत उमानाथ भण्डारीले टिप्पणी गर्नु भएको थियो । 

कार्यक्रममा गुल्मी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ र प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको मन्तव्य रहेको थियो । विभिन्न वस्तुगत संघ संस्था अगुवा कृषक,निर्यात सम्बद्ध व्यवसायीहरु र पत्रकार संलग्न उक्त कार्यक्रममा संघका उपाध्यक्ष राम प्रसाद पन्थीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संचालन संघका महासचिव तारा प्रसाद भुसालले गर्नु भएको थियो ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by