May 13, 2019
उद्योग वाणिज्य संघ-चितवनको सामाजिक सुरक्षा योजना सम्बन्धि गोष्ठी


वैशाख ३०, चितवन ।
उद्योग वाणिज्य संघ-चितवनको आयोजनामा संघको तालिम कक्षमा एक दिवसिय योगदानमा आधारित समाजिक सुरक्षा योजना तथा रोजगार कानुन बिषयक एक दिवसिय कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ ।  नेपाल सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन जारि गरे बमोजिम उद्यमी व्यवसायी एवं रोजगारदाताहरुलाई सोको वारेमा जानकारी दिने उद्देश्यले ऊक्त कार्यत्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ-चितवनका अध्यक्ष सहनलाल प्रधानले सामाजिक सुरक्षाको योजनामा बाध्यात्मक रुपले सहभागिता हुनु पर्ने रहेको र अर्कोतर्फ कामदार कर्मचारी र रोजगारदातालाई यो योजना प्रति त्यति ढुक्क हुने स्थिति नदेखिएकोले यस वारेमा सरोकार निकाय र लाभग्राहीहरु विच व्यापक छलफल हुनुपर्ने बताउनु भयो । उपस्थित सहभागिहरुलाई सम्बोधन गर्दै अध्यक्ष प्रधानले नेपाल सरकार बाट लागु गरिने बिभिन्न ऐन, नियम, परियोजना लगायतका उद्यमी व्यवसायीहरु संग प्रत्यक्ष सरोकार राख्ने विषयमा संघले निरन्तर कार्यक्रमहरुको आयोजना गरिरहेको बताऊंदे कार्यक्रममा सत्रिय सहभागिता जनाउनका लागि अनुरोध गर्नु भयो ।  कार्यक्रममा अध्यक्ष प्रधानले सामाजिक सुरक्षा ऐनको सुविधा कसले कसरि लिन सक्छ र यसले समेट्ने क्षेत्र के के हुन सक्छन् सोको वारेमा व्यवसायीहरुलाई प्रस्ट हुन आहन गर्नु भएको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ-चितवनका पूर्वअध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारीणी समिति सदस्य डा. तिलचन्द्र भट्टराईले उत्पादन कार्यलाई बढावा दिंदै उद्योग व्यवसायमा आश्रित कामदारहरुको भविश्य सुनिश्चित गर्नका लागि ऐनले सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा उहाँले सामाजिक सुरक्षा ऐनलाई प्रभावकारी गराउनका लागि सरकार र सम्बन्धित सरोकारवालाहरुले चासो राख्नुपर्ने बताउनु भयो । उद्योग वाणिज्य संघ चितवनमा आवद्ध रहेका सवै वस्तुगत संघहरु , उद्योग वाणिज्य संघ-चितवनका पदाधिकारी एवं कार्यसमिति सदस्यहरुलाई लक्षित गरि आयोजना गरिएको ऊक्त कार्यत्रममा सहभागि व्यवसायीहरुले ऐनको सार्थकता र यसको व्यवस्थापनका वारेमा चासो राखेका थिए ।

५० जना उद्यमी व्यवसायीहरुको सहभागिता रहेको ऊक्त कार्यत्रमा उप प्राध्याफक एवं सबोच्च अदालतका अधिवक्ता सरोज कृष्ण घिमिरेले श्रोत व्यत्तिको भूमिका निर्वाह गर्नुभएको थियो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानको सभापतित्व, संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य डा.तिलचन्द्र भट्टराईको प्रमुख आतिथ्यता एवं संघका कार्यकारी निर्देशक गौरव खतिवडाले सञ्चालन गर्नु भएको ऊक्त कार्यत्रममा संघमा आवद्ध वस्तुगत संघका प्रमुख तथा प्रतिनिधि एवं उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति , संघका कर्मचारी लगायत साधारण सदस्यहरुको समेत सक्रिय सहभागिता रहेको संघका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिनु भयो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by