May 08, 2019

लेखनाथ २५, बैशाख

लेखनाथ उद्योग वाणिज्य संघको आयोजना एवं पोखरा महानगरपालिका वडा नं ३३ को सहयोग तथा आदर्श चेतनशिल आमा समुहको सहजीकरणमा कृष्टलका आधुनिक गहना बनाउने तालिम बुधबार देखि पोखरा वडा नं ३३ डाडागाउँमा शुरु भयो ।

लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवं तालिम समन्वय समितिका सभापति जानुका अधिकारीको अध्यक्षतामा सम्पन्न ऊक्त कार्यत्रममा सभापति अधिकारीले प्रतिष्पधि बजारमा सवै सहभागीहरुलाई निर्वाहमुखी नभई व्यवसायीमुख बन्नका लागि अनुरोध गर्नुहुदैं लेखनाथ उद्योग वाणिज्य संघ सधैव यहाँहरुको साथमा रहेको बताउनुहुदैं सम्पुर्ण महिला दिदीवहिनीहरुको साथसमर्थन तथा संघले गरेका क्रियाकलापले गर्दा नै लेखनाथ उद्योग वाणिज्य संघ “क” वर्गको उद्योग वाणिज्य संघहरु मध्ये प्रथम हुन सफल भएको कुरा बताउनुहुदैं तालिमलाई व्यवहारमा उतार्न आग्रह गर्नुभएको उक्त उद्घाटन कार्यक्रममा आदर्श चेतनशिल आमा समुहकी सचिव तुलसी आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले वडा कार्यालयले दिने तालिम तथा सेवा सुविधाको बारे बताउनुहुदैं यस्ता तालिमबाट महिलाहरुलाई घरघरमा स्वरोजगार हुन मद्दत गर्ने र यसबाट आयआर्जनमा टेवा पुग्ने हुनेहुदाँ सम्पूर्ण सहभागिलाई तनमनले सिक्न आग्रह गर्नुभएको थियो ।

पोखरा महानगरपालिका वडा नं ३३ का वडा सदस्य शान्ति आचार्यले तालिमको उद्देश्य माथि प्रकाश पार्नभएको ऊक्त कार्यत्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी, निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी लगायतले तालिम लिएर प्रमाणपत्र सिरानीमा राख्नेखालको नभई तालिमबाट सिकेका कुरा व्यवहारमा उतार्न र व्यवसायीक बन्नका लागि आग्रह गर्नुका साथै बजारीकरणका लागि महोत्सव रहेको र भविष्यमा अरु तलिमहरुको आवश्यक देखिएमा लेखनाथ उद्योग वाणिज्य संघ सधै यहाँहरुको साथ रहेको बताउनुभएको थियो ।  
लेखनाथ उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य डिलकुमारी दाहाल (सन्ध्या)ले संचालन गर्नुभएको सो कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष बलराम ढकाल, उपमहासचिव गोपिचन्द्र बास्तोला, प्रशिक्षक विना गुरुङ, योजना अधिकृत विष्णुप्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by