May 03, 2019
अभिमुखिकरण कार्यक्रम सम्पन्न ।
वैशाख २०, चितवन ।

उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा संघको तालिम कक्षमा एक दिवसिय अभिमुखिकरण तालिम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ–चितवनले निकट भिवस्यमा सञ्चालन गर्न लागेको चितवन कोसेली घर सञ्चालनार्थ उद्यमी महिला तथा सम्भावित महिला उद्यमीहरुलाई लक्षित गरि ऊक्त कार्यत्रमको आयोजना गरेको हो । कार्यक्रममा संघका अध्यक्ष सहनलाल प्रधानले चितवनका गृहणी महिलाहरुलाई उद्यमशिलता तर्फ उन्मुख गर्ने र महिला उद्यमिहरुबाट उत्पादित घरेलु तथा लघु उत्पादनहरुको बजार विस्तार गर्ने उद्देश्यले उक्त कोसेली घर सञ्चालन गर्न लागिएको हुनाले यस्तो पवित्र कार्य गर्नका लागि आफु उत्साहित भएको बताउनु भयो । कार्यक्रममा उहांले सुरुवाती दिनहरुमा उक्त कार्य केहि जटिल देखिएता पनि दिर्घकालमा यस क्षेत्रका उद्यमीहरुको प्रबर्द्धन र जिविको पार्जनमा महत्वपूर्ण योगदान दिने बताउंदै उत्पादन गर्ने उद्यमीहरुले गुणस्तर र नियमिततामा ध्यान दिनुपर्ने औल्याउनु भयो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका कार्यसमितिका विशिष्ट सदस्य एवं सहजकर्ता डा. होम बहादुर बस्नेतले उद्यमशिलता, प्रबिधि, गुणस्तर, उत्प्रेरणा लगायत सफल उद्यमीका सम्बन्धमा कार्यपत्र पेश गर्नु भएको थियो । सोहि कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत निलबहादुर के.सीले कोसेली घर सञ्चालनार्थ तय गरिएको कार्यविधि प्रस्तुत गर्दै यसको प्रबर्द्धनका वारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो  । कार्यक्रममा महिला उद्यमी विकास समितिका संयोजक रजनी मास्केले विगत लामो समय देखी आफले देखेका सपना पुरा हुन लागेको भन्दै अभिमुखिकरण कार्यक्रमले उद्यमी दिदिवहिनिहरुमा उत्प्रेरणा थप्ने आशा व्यक्त गर्नु भयो । कोसेली घर सच्चालनका लागि उत्पादन उपलब्ध गराउने महिलाहरुका लागि लक्षित ऊक्त कार्यत्रममा सहभागिहरुले चितवन जिल्लाको पहिचान झल्कने र गुणस्तरिय उत्पादन उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । उद्योग वाणिज्य संघ–चितवनको तालिम कक्षमा सञ्चालित उक्त अभिमुखिकरण कार्यक्रम संघका अध्यक्ष सहनलाल प्रधानको सभापतित्व, कार्यक्रम अधिकृत निलबहादुर के.सीको सञ्चालन तथा महिला उद्यमि विकास समितिका संयोजक रजनी मास्केको धन्यवाद ज्ञापन सहित सम्पन्न भएको थियो । उद्योग वाणिज्य संघ–चितवनले स्थानिय उद्यमीहरु द्धारा उत्पादित बिभिन्न उत्पादनहरुको संकलन एवं बिक्रि केन्द्रको रुपमा चितवन कोशेली घर सञ्चालन गर्न लागेको हो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by