Mar 24, 2019
म्याग्दी उद्योग वाणिज्य संघद्धारा रुइसे र बेगको लामो पुलमा पर्यटन प्रर्वद्धन
म्याग्दी ९ चैत । म्याग्दी उद्योग वाणिज्य संघले जिल्लामा रहेका पर्यटकीयस्थलहरुमा पर्यटन प्रवद्र्धन गर्ने अभियान चलाएको छ । शनिबार रघुगंगागाउँपालिकाको प्रमुख पर्यटकीय स्थल रुइसे र बेग–बाँदुक जोड्ने नेपालकै लामोझोलुङ्गे पुलमा पर्यटन प्रर्वद्धन कार्यक्रम गरिएको छ ।
 
संघको अगुवाईमा सञ्चालित म्याग्दी भ्रमण वर्ष २०७५ अन्तरगत जिल्लाको सबैस्थानीय तहमा रहेका मुख्य पर्यटकीय स्थलहरुमा पुगेर पर्यटन प्रवद्र्धनमासघाउने अभियान सुरु गरिएको संघका अध्यक्ष उक्तम कुमार कर्माचार्यले जानकारीदिनुभयो ।
 
उहाँले पर्यटकीय स्थलहरुको अवस्था, समस्या, योजना र सम्भावनाको अध्ययनकासाथै प्रचारप्रसारमा सघाउने उद्देश्यले उद्योग वाणिज्य संघको टोलीले रुइसेर बेगखोलामा प्रर्वद्धनात्मक कार्यक्रम गरेको बताउनुभयो । नेपाल सरकारलेघोषणा गरेको १०१ नयाँ पर्यटकीय गन्तव्यको सुचिमा सुचिकृत रुईसे क्षेत्रमापर्यटन पूर्वाधार तयार भैरहँदा यस क्षेत्रमा भ्रमणमा जानेहरुको सख्ंयाबढ्दो क्रममा छ ।
 
समुन्द्री सतहदेखि दुई हजार २७० मिटरको उचाइमा रहेको रुइसे क्षेत्रबाटहिमशृङखलाको मनमोहक दृष्य अवलोकन गर्न सकिने सकिन्छ भने ३६५ दशमलब ८ मिटरलामो बेगखोलाको झोलुङ्गे पुल नेपालकै लामो पुल हो । रुइसेमा आयोजितकार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको गण्डकी प्रदेश सदस्य कुबिरकुमार श्रेष्ठले सदरमुकाम बेनीदेखि नजीकको दुरीमा रहेको रुइसेसम्म ट्रयाकनिर्माण भएको सडकको स्तरोन्नती र खाना र बस्नको लागि होटलको पूर्वाधार तयारगर्न सके उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सम्भावना रहेको बताउनुभयो ।
 
उहाँले पर्यटकीय स्थलमा पूर्वाधार निर्माण र लगानी भित्र्याउनको लागिउचित बातावरण सिर्जना गर्नका लागि स्थानीय तहले प्राथमिकता दिनुपर्नेबताउनुभयो । बेनी नगरपालिका ७ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ र नेपालपत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष ठाकुरप्रसाद आचार्यले पर्यटनविकासका लागि समुदायको चासो र अनुकुल वातावरण आवश्यक पर्ने बताउनुभयो ।उद्योग वाणिज्य संघको टोलीलाई भगवतीका वडा अध्यक्ष रिम कटुवालले रुइसेमाभ्यु टावर, पदमार्ग, पिकनिक स्पोट लगायत पूर्वाधार निर्माण सुरु गरिएकोजानकारी गराउनुभएको थियो ।
 
रुइसे र बेगको लामो पुललाई जोडेर पदमार्ग निर्माण गर्ने र पर्यटनपूर्वाधार तयार गरि प्रचार प्रसारमा स्थानीय तह र सबै सरोकारवाला जुट्न सकेयस क्षेत्रलाई पर्यटकको रोजाईमा पार्न सकिने म्याग्दी उद्योग बाणिज्यसंघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । म्याग्दी उद्योगवाणिज्य संघले म्याग्दीका ६ वटै स्थानीय तहका मुख्य मुख्य पर्यटकीय स्थलमापुगेर प्रर्वद्धनात्मक कार्यक्रम गरिने जनाएको छ ।
 
कार्यक्रमको सञ्चालन म्याग्दी उद्योग वाणिज्य संघका कार्यालय सचिव दिलीपपुनले गर्नुभएको थियो । भ्रमण वर्षको प्रचारका लागि उद्योग वाणिज्य संघलेयसअघि पाल्पा, बुटवल, चितवन, मकवानपुर, काभ्रे र काठमाडौमा पुगेर कार्यक्रमगरेको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by