Feb 03, 2019
कोरियन प्रशिक्षकहरुको स्वागत तथा छलफल

मिति २०७५ साल माघ २० गते

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा संघमा माघ २० देखि फागुन ३ गते सम्म सञ्चालन हुन गई रहेको कृषि व्यवसाय तथा भाषा तालिमका प्रशिक्षकहरु SHIN LEE CHUL (Paul), Park, Sanghyeok, Kyoungyeon LEE, Kripa (Kyunghee park) को स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रम संघका सचिव विष्णु गोपाल महर्जनले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा संघका उपाध्यक्ष गणेश भेटवाल, महासचिव प्रमोदसिंह रानाभाट, कार्य समिति सदस्यहरु कुल प्रसाद चौलागाई, वालकुमार मल्ल, कृष्ण ढुंगाना, दिवस पराजुली र संघका सल्लाहकार नरोत्तम दाहालको उपस्थिति रहेको थियो ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by