Dec 30, 2018

लेखनाथ, १५ पुस ।

कास्कीको लेखनाथमा जारी १५ औं लेखनाथ महोत्सवले समापन अघि नै लक्ष्य प्राप्ति गरेको आयोजकको दावी रहेको छ ।

महोत्सव समापन हुन एक दिन अगाडी नै आयोजकले सुरुमा राखेको लक्ष्य प्राप्त भएको आईतवार सम्मको आर्थीक कारोवारले प्रष्ट पारेको आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले बताएका छन् । सुरुमा हामीले महोत्सव अवधिभर तीन लाख दर्शक र १५ करोड बरावरको र्र्आिर्थक कारोवार हुने अनुमान गरेका थियौ तर त्यो अनुमान समापन पुर्ब नै पुगेकाले विगतका महोत्सव भन्दा पनि यस बर्षको महोत्सवले नयाँ कृतिमान राख्न सफल भएको उनको भनाई रहेको छ ।

महोत्सवको ११ औं दिन पनि यस प्रदेशमा सार्वजनिक विदा परेकोले आईतवार करिव ४० हजार दर्शकले मेलाको अवलोकन गरेको र हालसम्म तीन लाख ४० हजार दर्शकले मेलाको अवलोकन गरिसकेका प्रचार प्रसार उपसमितिका संयोजक गोपिचन्द्र बास्तोलाले जानकारी दिएका छन् ।

महोत्सवका पछिल्ला दिनहरुमा दर्शकको चाप सगसगै आर्थिक कारोवारमा पनि बृद्धि भई आईतबार मात्र दुई करोड बरावरको आर्थिक कारोवार भएको र हालसम्म करिव सत्र करोड वरावरको कारोवर भईसकेको संघका कोषाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिएका छन् ।

यसैविच महोत्सवको पनि महोत्सवका रुपमा चिनिएको लेखनाथ महोत्सवको थप आकर्षका रुपमा रहेको रत्यौली गीत प्रतियोगितामा र महोत्सवको मुख्य आर्कषणको रुपमा रहेको खोजी अभियान अन्तर्गत गायन विधाको गण्डकी तारा प्रतियोगिताको घोषणा आज समापनका दिन हुने संयोजक मेनुका श्रेष्ठ र ऋषिराम जमरकटेलले जानकारी दिएका छन् ।

१२ दिनसम्म चलेको महोत्सवको समापन सोमवार महानगर प्रमुख मानबहादुर जिसीद्धारा हुने महासचिव भरतकुमार अधिकारीले जानकारी दिएका छन् ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by