Dec 25, 2018

लेखनाथ , १० पुस ।

उत्पादक देखि उपभोक्ता सम्म सहज रुपले पौच पुग्ने र उत्पादित वस्तुको वजारीकरणमा सहयोग पुग्ने उद्देश्यले पुस ५ गते देखि जारी लेखनाथ महोत्सव ब्यापारिक थलो बन्न सफल भएको छ ।

नुन देखि ऊनसम्म, गाडी देखि साडीसम्म पाईने भएपछि १५ औं सस्करणको लेखनाथ महोत्सवमा दिनभरी स्टेजका रमाईला कार्यक्रम हेर्न र घर फर्कने क्रममा आफुलाई आवश्यक पर्ने सामाग्री खरिद गर्न पाईने भए पछि महोत्सव स्थल व्यापार केन्द्रित थलो बनेको हो ।

बजार मुल्य भन्दा केही सस्तोमा आवश्यक सामाग्री पनि पाईने भएपछि मेला भरेर फर्कने दर्शकहरुले हातमा केही न केही लिएर फर्कने गरेको देखिन्थ्यो ।

महोत्सव स्थल भित्र सवै प्रकारका सामाग्रीहरु पाईने भए पछि दर्शकको चाँप दिन प्रतिदिन बढ्दै गएको बताउदै प्रचार प्रसार उपसमितिका संयोजक गोपिचन्द्र बास्तोलाले मंगलवार मात्र आयोजकले विभिन्न प्रयोजनका लागि वितरण गरेका पास सहित करिव ३० हजार दर्शक मेला स्थलमा आएको दावी गरेका छन् । यता दर्शकको चापसँगै हिजो अस्तीको तुलनामा कारोवार पनि बृद्धि भएकाले मंगलवार मात्र करिव दुई करोड बरावरको आर्र्थिक कारोवार भएको संघका कोषाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिएका छन् ।

महोत्सवको छैठौ दिन जातजातिहरुको सांस्कृति जर्गेनाका लागि मंगलबार कास्की जिल्ला मगर समाजको कौडा नित्यमा दर्शकहरु नाचेका थिए, गण्डकी तारा, रत्यौली गित प्रतियोगिता, विद्यालय नृत्य एकल नृत्य, दोहोरी र पप घन्किएको थियो ।    

सुन्तला महोत्सवबाट सुरु भएको लेखनाथ महोत्सवलाई महोत्सवको पनि महोत्सवका रुपमा चिनाउदै एउटै थलोमा उत्पादकदेखि उपभोक्तासम्मको जमघट गराउने र उत्पादकत्व बृद्धि गर्दै उत्पादित बस्तुको वजारीकरणमा सहयोग पुग्ने विश्वास लिईएको छ  भने वचत रकमवाट कृषि उपज खरिदबिक्री केन्द्रको निर्माण र प्रदर्शनी स्थलको स्तरोन्नति गरिने भएको छ । महोत्सवले समग्र गण्डकी प्रदेशको आर्थिक, समाजिक, कृर्षि र पर्यटनको विकासमा टेवा पु¥याउने उद्देश्य राखिएको  छ ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by