Dec 25, 2018
चितवन महोत्सव २०७५ को प्रेस विज्ञप्ति

पत्रकारज्यूहरु तथा अन्य उपस्थित महानुभावहरु,

सर्वप्रथम “चितवनको गौरव र गरिमामय प्रस्तुति” चितवन महोत्सव२०७५ को जानकारी दिने उद्देश्यका साथ आयोजित आजको यस पत्रकार सम्मेलनमा हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नुभएका सम्पुर्ण पत्रकार महानुभावहरु, उद्योग वाणिज्य संघ(चितवनका पूर्व अध्यक्षज्यूहरुतथा चितवन महोत्सवका पूर्व संयोजकज्यूहरु,  पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, बिशिष्ट सदस्यज्यूहरु,  चितवन महोत्सव२०७५ को मूल संयोजकको तर्फबाट हार्दिक स्वागत गर्दछु ।

समृद्ध चितवनको लागि समग्र आर्थिक , सामाजिक र सांस्कृतिक विकास का साथै उद्योग व्यवसायको प्रवर्द्धनमा टेवा पु(याउने उद्देश्यले प्रत्येक २र२ वर्षको अन्तरालमा वि।सं। २०५३ सालदेखि आयोजना गरिदै आएको चितवन जिल्लाको गौरव र गरिमामय प्रस्तुति चितवन महोत्सव यसपटक १२ औं  संस्करणको रुपमा चितवन महोत्सव२०७५  प्रदर्शनी मैदान नारायणी नदी किनार ,नारायणगढ, चितवनमा मिति २०७५ पौष २५ देखि माघ ४ गते सम्म ९तदअनुसार २०१९ जनवरी ०९ देखि १८० आयोजना हुदैछ । यसपटकको चितवन महोत्सवको समुद्घाटनपूर्व प्रधानमंन्त्री, नेकपाका अध्यक्ष एवम् चितवन जिल्ला क्षेत्र नं। ३ का माननिय सांसद पुष्पकमल दाहाल ुप्रचण्डुज्यूबाट हुँदैछ । जिल्लाको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा अग्रसर रहदै सार्वजनिक निजी साझेदारीको अनुपम नमुना पेश गर्दै आइरहेको संस्थाहरु क्रमशः उद्योग वाणिज्य संघ–चितवन, जिल्ला समन्वय समिति चितवन र भरतपुर महानगरपालिका कार्यालयको संयुक्त आयोजनामा संचालन हुने चितवन महोत्सव२०७५ मा ६ वटा विशेष स्टल सहित करिव ५०० वटा स्टलहरु रहने व्यवस्था गरिएको छ भने महोत्सवको दोस्रो दिन अर्थात २०७५ पौष २६ गते मंगलबार देखिकृषि, स्वास्थ्य, शिक्षा र पर्यटनमा आधारित विभिन्न कार्यशाला गोष्ठीहरु आयोजना गरिनेछ ।

चितवन महोत्सव २०७५ ले बिशेष गरि नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई मध्यनजर गरि पर्यटनलाई केन्द्रबिन्दुमा राखि विभिन्न क्रियाकलापहरु समेत आयोजना गर्दैछ। चितवन जिल्ला भित्रका विभिन्न पर्यटकिय गन्तव्यहरुको संक्षिप्त जानकारी तथा तस्विर समावेश गरि पर्यटक गाईड बुक नेपाली र अङ्रेजी दुवै भाषामा प्रकाशन गरि विमोचन गरिनेछ । चितवन जिल्लाको पर्या पर्यटन झल्किने,  राष्ट्रिय अन्तर्राष्ट्रिय जनावरहरुको प्रतिमूर्ति समावेश गरिएको कृत्रिम चिडियाखाना रहनेछ । चितवन महोत्सव २०७५ मा कलात्मक प्रवेशद्वार रहनुका साथै महोत्सव परिसरमा बालुवामा कुंदिएको २० फिट लम्बाई १० फिट चौडाई रहेको माछाको कलात्मक आकृति समेत समावेश गरिनेछ। विविध खेलकुद, जलयात्रा, स्वास्थ सेवा, आदिवासी जनजातीहरुको भेषभुषा, कला संस्कृति समावेश गरिएको विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, प्रतियोगितात्मक कृषि उपज प्रदर्शनीहरुको विविधताले यसपटकको महोत्सवमा निरन्तरता पाएको छ । यस पटक विविध मनोरन्जनात्मक फनपार्क पनि संचालन गरिनेछ । आन्तरिक सुरक्षाका लागि  सुरक्षा गार्डहरुको उचितव्यवस्था गरिएको  छ भने महोत्सव परिसर सिसीटिभीको निगरानीमा रहनेछ । यसबाहेक पोल्ट्री परिसर,  अटो परिसर, सुचना तथा प्रविधि परिसर, विद्यूत परिसर , मेड ईन नेपाल परिसर, बैंक तथा वित्तिय संस्थाहरु, रेष्टुरेण्ट, जनजातीको रहनसहन झल्किने घरहरु आदि रहनेछन । यसै गरी महोत्सवमा राखिएका स्टलहरुको कुल रु। ५ करोडको विमा गरिएको छ । चितवन महोत्सव२०७५ को उपलक्ष्यमा परम्परागत खाना र व्यञ्जनको प्रवर्द्धनका लागिक्याम्पाचौर फुड फेस्टीबल कार्यक्रम २०७५ पौष २८ देखी माघ २ गतेसम्म क्याम्पाचौर, नारायणगढमा आयोजना गरिनेछ ।

चितवन महोत्सव२०७५ को मुख्य प्रायोजकमा टेस्ला एयर कन्डिस्नर, सहप्रायोजकको रुपमा एबिसी एजुकेशन एण्ड माईग्रेसन र आईएमई ग्रुप रहेका छन, सहयोगी संस्थाको रुपमा बजाज मोटरसाईकल, अर्घाखांची ओपिसी सिमेन्ट र नेपाटप रहेका छन । यसै गरि प्रवर्द्धकको रुपमा नेपाल उद्योग वाणिज्य महासंघ, प्रधानमंन्त्री कृषि आधूनिकिकरण परियोजना , नेपाल पर्यटन बोर्ड, सांस्कृतिक कार्यक्रमको प्रायोजकको रुपमा मनकामना दर्शन प्रा।लि।, रेष्टुरेन्ट परिसर प्रायोजकको रुपमा बोटलर्स नेपाल तराई लि। ९कोकाकोला० अटो परिसर प्रायोजकको रुपमा गोल्ड फिस ईन्टरनेसनल प्रा।लि।,आधिकारीक बैंकको रुपमा जनता बैंक नेपाल लिमिटेड , पोल्ट्री परिसर प्रायोजकको रुपमा के प्रो, आधिकारीक विमाको रुपमा आईएमई जेनरल ईन्सुरेन्स, आधिकारीक मिडियाको रुपमा नयाँ पत्रिका राष्ट्रिय दैनिक, प्रवेश द्वार  सौजन्य सेन्चुरी मसला, होर्डिङ बोर्ड  सौजन्य लक्की ज्वेलर्स प्रा।लि, टिकट सौजन्य वैष्णव मिष्ठान्न भण्डार, महोत्सव सचिवालय भवन निर्माण सौजन्य एरो ब्रिक्स कंम्पनी प्रा।लि। , प्रिन्टिङ प्रेस सौजन्य प्रिमियर प्रिन्टीङ प्रेसर महोत्सव परिसरमा रहने सिसीटिभी सौजन्य फेसबुक कम्प्यूटर नारायणगढले गरेको छ । यसपटकको टिकट शुल्क सर्वसाधारण तर्फरु।५० र विद्यार्थी शुल्क रु।२५ राखिएको छ। विगतका महोत्सवहरुमा झैं यसपटक पनि संचारकर्मी महानुभावहरुलाई प्रवेश सुबिधाका निम्ति आ(आफ्नो संचार प्रतिष्ठानको परिचय पत्र प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । 

कुल ५ लाख दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान आयोजक समितिको रहेको छ भने महोत्सव अवधिभरमा करिव २५ करोड भन्दा बढीको कारोवार हुने अनुमान गरिएको छ । यसै सन्दर्भमा यहाँउपस्थित सम्पुर्ण पत्रकारज्यूहरुलाई आफ्नो सञ्चार माध्यमबाट यस महोत्सवकोसमुद्घाटनपुर्व र महोत्सव अवधिभरमा सञ्चालित कार्यक्रमहरु तथा गतिविधिहरुलाई उचित स्थान दिनुभई महोत्सवको व्यापक प्रचार प्रसारमा सहयोग गरिदिनुहुन पुनः हार्दिक अनुरोध गर्दछु ।

यो साझा अभियानमा सबै महानुभावहरुलाई सक्रिय रुपमा सहभागी भइ दिनुहुन समेत हामी हार्दिकताकासाथ अपिल गर्दछौ ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by