Oct 28, 2018
म्याग्दी भ्रमण वर्ष २०७५ को प्रचार प्रसार भ्रमण टोलीलाई मकवानपुर उवासंघद्वारा स्वागत 

मिति २०७५ साल कार्तिक ११ गते 

४ नं प्रदेश “म्यादी घुम्न जाऔं पर्यटकिय सौन्दर्यतामा रमाऔं, आन्तरिक तथा वाध्य पर्यटन प्रवद्र्धन गरौं ”भन्ने मूलनाराका साथे संघमा आएको भ्रमणटोली लाई संघका अध्यक्ष श्री कष्ण कटुवालले टिका तथा पूmलको गुच्छाले स्वागत गरेका  छन् ।  

अध्यक्ष कटुवालले यस जिल्ला तथा संघको वस्तु स्थितिवारे जानकारी गराउनु हु्दै भ्रमणको सफलताको साथै यस जिल्लावाट समेत भ्रमण वर्षकै समयमा आउने वाचा गरेका छन् । 

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष तथा मूल संयोजक श्री उत्तमकुमार कर्माचार्यले , मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघ, आयोजकहरु जिल्ला समन्वय समति बेनी नगरपालिका,धौलागिरी गाउपालिका, मंगला गाउपालिका, अन्नपुर्ण गाउपालिका, मालिका गाउपालिका, रघुगंगा गाउपाकिा, म्याग्दी विकास मञ्च, म्याग्दी प्रवासी नेपाल संघ (मोला) तथा प्रवद्र्धक नेपाल पर्यटन बोर्ड, एवं नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नंं ४,का साथै अन्य सहयोगी सस्थाहरु नेपाल पत्रकार महासंघ लगायतको सहकार्यका म्याग्दी भ्रमण वर्ष २०७५ को आयोजना गरिएको जानकारी गराएका छन् ।

मकवानपुर जिल्ला नेपाली सेनाका  प्रमुख सेनानी श्री अनिल बुढाथोकीले म्याग्दीमा रहदा आफुले पाएको मायाको सम्झना गराउदै म्यादीको वारेमा प्रसम्सा सहित म्याग्दी  भ्रमण वर्षमा यस जिल्लाको तर्फवाट भ्रमण गर्न आग्रह गर्नु भएको थियो ।  

भ्रमण टोलीमा म्याग्दी उवासंघका अध्यक्ष तथा भ्रमण वर्षका मूल संयोजकश्री उत्तमकुमार श्रेष्ठ, पूर्व अध्यक्ष द्वय सुदर्शनकुमार श्रेष्ठ, सूर्य प्रसाद मर्सानी, वरिष्ठ उपाध्यक्ष वेल वहादुर कटुवाल, प्रथम उपाध्यक्ष सुविन श्रेष्ठ, महासचिव लिलाराम गौतम, सचिव सुवर्ण रिजाल, काससहरु भुमीनाथ सापकोटा,टेकप्रसाद सापकोटा,यामवहादुर खड्का,सभापति म्याग्दी उवासंघ, मंगला बजार इकाई समितिका हुमनाथ पाण्डे, महासचिव महिला उद्यमि विकास समितिकि बिष्णुकुमारी गुरुङ्ग, सचिव डिलु घताने, धौलागिरी पर्यटन विकास समितिका अध्यक्ष अमर बहादुर वानिया, मंगला गाउपालिकाका उप प्रमुख सृजना केसी, बेनी नगरपालिका वडानं ४ का अध्यक्ष एवं प्रचार प्रसार संयोजक गोविन्द पौडेल, ६ नं वडा अध्यक्ष एवं प्रवक्ता मल्लिका गाउपालिका सन्तनाथ जैसी, धवलागिरी गाविस वडा नं ६ का राजाराम सुवेदी, म्याग्दी उवासंघका लेखापाल सुन्दर मल्लहरु रहेका थिए ।

संघका प्रवक्ता तथा सचिव काब्यमणि अधिकारीले सञ्चालन गर्नु भएको कार्यक्रममा संघका संघका उपाध्यक्ष द्वय गेणेश भेटवाल,रामप्रसाद न्यौपाने, महासचिव प्रमोदसिंह रानाभाट, कोषाध्यक्ष अनिल अग्रवाल, सचिव विष्णुगोपाल महर्जन,कासस निलम वैद्य, राजाराम कार्की, प्रतिमा श्रेष्ठ, नरेन्द्र भण्डारीका साथै महिला उद्यमि विकास समितिका पदाधिकारी तथा सदस्य एवं सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमा दुवै उद्योग वाणिज्य संघको तर्फवाट मायाको चिनो एक अर्कालाई प्रदान गरिएको थियो । कार्यक्रम संघमा वरिष्ठ उपाध्यक्ष माधब न्यौपानेले संघको गतिविधि र यहाको वस्तु स्थितिवारे वताउदै भ्रमण वर्षमा आउने वाचाका साथ धन्यवाद् सहित समापन गर्नु भएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by