Oct 02, 2018
                        
                        
                                                 
 
                        
                                                
१६ असोज २०१६
मकवानपुर उद्योग वाणिज्य संघले निर्माण व्यवसायी संघको नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुको सम्मानमा स्वागत तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा संघका अध्यक्ष श्री कृष्ण कटुवालले स्वागत तथा वधाई दिनुहुँदै नव निर्वाचित कार्यसमितिलाई नयाँ कार्यकालको सफलताको शुभ कामना व्यक्त गरेका थिए । निर्माण व्यवसायी संघमा मउवासंघको पदेन सल्लाहकार रहेको पनि अध्यक्ष कटवालले कार्यक्रममा वताएका थिए ।
निर्माण व्यवसायी संघ मकवानपुरका नव निर्वाचित अध्यक्ष श्री श्यामसुन्दर ढकालले मउवासंघले गरेको कार्यक्रमले दुई संघ विचको प्रगाढ सम्वन्धलाई थप मजवुत बनाउन स्वागत कार्यक्रमको आयोजना गरी सम्मान व्यक्त गर्नु भएकोमा धन्यवाद् दिएको थियो ।
संघका महासचिव श्री प्रमोदसिंह रानाभाटले सञ्चालन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष श्री राम प्रसाद न्यौपानेले निर्माण व्यवसायीको अनुभवको प्रशंसा हुनेगरी कामगरी कार्यकाल सफल बनाउन शुभकामना व्यक्त गरेको थियो । 
कार्यक्रममा निर्माण व्यवसायी संघका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुका साथै मउवासंघका कोषाध्यक्ष अनिल अग्रवाल, सचिव सन्तोष अर्याल, सचिव तथा प्रवक्ता काब्यमणी अधिकारी, सचिव विष्णुगोपाल महर्जन, कासस श्रीकृष्ण कर्माचार्य, विष्णु खनाल, कुल प्रसाद चौलागाई, नरेन्द्र भण्डारी, सुनिल अधिकारी, गोविन्द रिजाल, दिपक उप्रेती, दिवस पराजुली, भुपेन्द्र अधिकारीका साथै सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।