Sep 07, 2018
मकवानपुर उद्योग वाणिज्य संघ:
मकवानपुर उद्योग वाणिज्य संघले मिस नेपाल मार्फत स्वास्थ्य चौकी निमार्णका लागि सहयोगार्थ रु. १,००,०००।– (एक लाख) हस्तान्तरण गरेको छ । मकवानपुर जिल्ला कै चेली मिस नेपाल भएकोमा मिस नेपालको सम्मानमा एक कार्यक्रमको आयोजना गरी बधाई ज्ञापन गर्नुका साथै सहयोगको लागि चेक हस्तान्तरण गरेको छ । 

सो अवसरमा संघका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष कृष्ण कटुवालले मिस नेपाल खतिवडाले जिल्लाको गरिमा उच्च बनाएको बताउनुभयो । मिस नेपाल उपाधि हासिल गरेकोमा बधाई दिनुका साथै आगामी मिस वल्र्डकालागि शुभकामना व्यक्त गर्नुभयो । सोही अवसरमा संघका अध्यक्ष कटुकालले वन होम फाउण्डेशनद्वारा कैलाश गाउापालिकामा निर्माणाधीन स्वास्थ्य चौकीकोलागि संघका सम्पूर्ण कार्यसमितिहरुको तर्फबाट रु. १,००,०००।– (एक लाख मात्र) को चेक पनि खतिवडालाई हस्तान्तरण गर्नुभयो । 

कार्यक्रममा बोल्दै मिस नेपाल खतिवडाले मिस वल्र्डकालागि “व्युटी विथ अ पर्पस” शीर्षक अन्तर्गत कम्तिमा एउटा सामाजिक कार्य गर्नुपर्ने भएकोले आफ्नै गृह जिल्लाको विकट क्षेत्र कैलाश गाउापालिका वडा नं. ७ छनौट गरिएको बताए । सामान्य स्वास्थ्य परीक्षणकालागि पनि सर्वसाधारण र विरामीलाई ५ घण्टा पैदल आउनुपर्ने समस्याबाट मुक्त गराउन उक्त स्थानमा स्वास्थ्य चौकी निर्माण गर्न लागिएको र सोकालागि सबै क्षेत्रबाट सहयोग संकलन भईरहेको बताउँदै मिस नेपाल खतिवडाले संघले प्रदान गरेको रकमकालागि हृदयदेखि नै धन्यवाद दिनुकाु साथै तिहार अगावै स्वास्थ्य चौकी निर्माण गरिसक्ने लक्ष्य राखिएको पनि जानकारी गराइन । 

संघका महासचिव प्रमोद सिंह रानाभाटले संचालन गरेको कार्यक्रममा एशोसियट उपाध्यक्ष गणेशप्रसाद भेटुवालले धन्यवादज्ञापनसहित कार्यक्रम समापन गर्नुभएको थियो । कार्यक्रममा बस्तुगत उपाध्यक्ष रामप्रसाद न्यौपाने, सचिवद्वय सन्तोषकुमार अर्याल, विष्णुगोपाल महर्जन, कार्यसमिति सदस्यहरु राजाराम कार्की, नरेन्द्र भण्डारी, प्रतिमा श्रेष्ठका साथै संचारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by