Jun 04, 2018

२१ जेठ २०७५, लेखनाथ ।

विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुका गतिविधि र क्रियाकलापको अध्ययन तथा अवलोकन, उद्योगी व्यवसायीहरुको चिनाजानी, आत्मीयता र मित्रतालाई प्रगाढ बनाउने, आफ्नो उद्योग तथा व्यवसायको प्रवर्द्धन, आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले लेखनाथ उद्योग वाणिज्य संघका भ्रमण टोलिद्वारा यहि जेष्ठ १६ गते देखि आयोजना गरिएको अध्ययन अवलोकन भ्रमण पुरा गरि लेखनाथ फिर्ता भएका छन् ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीको नेतृत्वमा आयोजना गरिएको ६ दिने भ्रमण कार्यक्रममा संघका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, पूर्व अध्यक्ष बावुराम गिरी, वरिष्ठ उपाध्यक्ष बलराम ढकाल, प्रथम उपाध्यक्ष छत्रधर आत्रेय, महासचिव भरतकुमार अधिकारी, उपमहासचिव गोपिचन्द्र बास्तोला, कोषाध्यक्ष राजेन्द्र ओझा, कार्यसमिति सदस्यहरु उपेन्द्रराज सुवेदी, रामजी पौडेल, भरतराज ओझा, सरोजराज अधिकारी, भिम वहादुर नेपाली, शैलेन्द्रमोहन भट्टराई, सूर्यमणि लामिछाने, कृष्णप्रसाद ढुङ्गाना, सल्लाहकार बोधराज लामिछाने, उपसमिति संयोजक दयाराम तिवारी, महिला उद्यमी समिति सल्लाहकार गितादेवी सुवेदी र कार्यालयको तर्फबाट कृष्णराज पौडेल गरि जम्मा २० जना सदस्यहरुको सहभागिता रहेको थियो । 

भ्रमण टोलिले जनकपुर, धनकुटा, दमक, इलाम लगायतका उद्योग वाणिज्य संघहरुका टिमसँग भेटघाट तथा अन्तरक्रिया गरि लेखनाथ फिर्ता भएको हो । अति सहज वातावरणमा भ्रमण सम्पन्न भएको र भ्रमणको उद्देश्य पुरा भएको कुरा भ्रमण संयोजक एवं संघका निवर्तमान अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीले जानकारी दिनुभएको छ ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by