Jun 04, 2018
उवासंघ-चितवनको कर नीति सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

२१ जेष्ठ २०७५, सोमवार 

उद्योग वाणिज्य संघ-चितवन र सनराइज बैंकको संयुक्त आयोजनामा "आधारभुत लेखा तथा कर नीति" सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । संघका  सदस्यहरु लगायत व्यवसायीहरुलाई आफ्नो व्यवसाय अगाडि बढाउने सम्दर्भमा राष्ट्रको लेखा तथा कर नीति अनुसार आफ्नो व्यवसायिक कारोवार गराउन सहयोग गर्ने, वित्तीय क्षेत्रका अवधारणा, आवश्यकता, व्यवस्थापन र व्यवसायिक कारोवारका लेखाहरु प्रणालीगत र पारदर्शी रुपमा राख्न सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । संघको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा संघका अध्यक्ष सहनलाल प्रधानले व्यवसायीहरुले आफ्नो व्यवसायीक प्रवर्द्धन गर्दै गर्दा नेपाल सरकारले तोकेका करका दायरा, कर नीतिको बारेमा ज्ञान हुनु पर्ने बताउनु भयो । उहाँले व्यवसायीहरुले दैनिक कारोवारलाई समेत चुस्त र दुरुस्त राख्न सक्नु पर्ने बताउनु भयो । कार्यक्रममा सहभागि व्यवसायीलाई प्रमाण पत्र वितरण गर्दै अध्यक्ष प्रधानले प्रत्येक व्यवसायी कम्तीमा पनि करप्रणाली र आधारभुत लेखा पद्धतीमा  दक्ष रहनु पर्ने बताउंदै अभिमुखिकरण कार्यक्रमले सहयोग गरेको अपेक्षा ब्यक्त गर्नु भयो । 

कार्यक्रममा सनराईज बैंक केन्द्रिय कार्यालयका प्रतिनिधि सुगम पोखरेल, भरतपुर शाखाका शाखा प्रबन्धक अच्युतजंग श्रेष्ठ, नारायणगढ शाखाका शाखा प्रबन्धक प्रकाश कस्ती लगायतले आधारभुत लेखा तथा कर नीतिका वारेमा आफ्नो मन्तब्य राख्नु भएको थियो । उक्त अभिमुखिकरण कार्यक्रममा अरुण राउतले सहजीकरण गर्नु भएको थियो भने उद्योग वाणिज्य संघ-चितवनका अध्यक्ष अध्यक्ष सहनलाल प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा संघको कार्यसमिति सदस्य, वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधि, संघका साधारण सदस्य लगायत बिभिन्न फर्मका व्यवसायी एवम् कर्मचारीहरु गरि ११७ जनाको सहभागिता रहेको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by