May 23, 2018


मितिः २०७५ जेष्ठ ९ गते

उद्योग वाणिज्य संघ-चितवन, महिला उद्यमी विकास समितिको आयोजनामा आज उद्योग वाणिज्य संघ-चितवनको सचिवालयमा महिला उद्यमशिलता विकास सम्बन्धमा एक छलफल कार्यक्रम सम्पन्न भएको छ । चितवनमा छरिएर रहेका महिला उद्यमीहरुलाई एकतृत गर्दै महिला उद्यमीहरुले भोगेका समस्याहरुको पहिचान गरि आगामी कार्यक्रम तय गर्ने उदेश्यले उक्त छलफल कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा उद्योग वाणिज्य संघ-चितवन महिला उद्यमी विकास समितिका संयोजक एवम् उद्योग वाणिज्य संघ-चितवनका कार्यसमिति सदस्य श्री रजनी मास्केले उपस्थित सवैलाई स्वागत गर्दै महिला उद्यमशिलताको विकासका लागि महिला उद्यमीहरुले आफुमात्र नभई उद्यमशिलता विकासका सम्भावना भएका महिलाहरुको पहिचान गरि उनिहरुलाई आवश्यक शिप प्रदान गर्नुपर्ने बताउनु हुंदै मोफसलमा रहेका महिला उद्यमीहरुको पहिचान गरी आर्थिक गतिबिधिको मुलधारमा ल्याउनुपर्ने बताउनु भयो । कार्यक्रममा उद्योग वाणिज्य संघ-चितवनका अध्यक्ष सहनलाल प्रधानले बर्तमान खुला अर्थ व्यवस्था एवम् प्रतिष्पर्धात्मक बजारमा महिलाहरुले आफुलाई परिस्कृत गर्दै लैजानु पर्ने बताउनु भयो । उहांले महिला उद्यमीहरुले बर्तमान सूचना प्रबिधिको समयमा प्रबिधिको उच्चतम सदुपयोग गर्दै बजार हिस्सामा आफ्नो उपस्थितिलाई अझ बढि मजबुत बनाउनु पर्ने बताउंदै महिला उद्यमशिलता विकासका लागि उद्योग वाणिज्य संघ-चितवन सदैव तयार रहेकोले आवश्यक कार्यक्रम तय गरि संघलाई माग गर्नका लागि अनुरोध गर्नु भयो । सोहि कार्यक्रममा बोल्दै महिला उद्यमी विकास समितिका सदस्य एवम् उद्योग वाणिज्य संघ-चितवनका कार्यसमिति सदस्य योगिता पियाले शिप र दक्षता नभए सम्म उद्यमशिलता हुन नसक्ने हुंदा महिलाहरुलाई शिपमुलक एवम् दक्षता अभिबृद्धी सम्बन्धि तालिम उपलब्ध गराउनु पर्ने बताउनु भयो । कार्यक्रममा संघका कार्यक्रम अधिकृत निलबहादुर केसी, कपडा तथा सिलाई व्यवसायी समितिका उपाध्यक्ष एवम् महिला उद्यमी विकास समितिका सदस्य सुमित्रा महर्जन लगायतले उद्यमशिलता सम्बन्धि आ-आफ्नो धारणा ब्यक्त गर्नुभएको थियो ।  

सोहि छलफलले आगामी असार ४ गतेका दिन चितवनमा  जिल्ला स्तरिय बृहद महिला उद्यमी भेलाको आयोजना गर्ने निर्णय गरेको छ । साथै उक्त भेलाबाट प्राप्त हुने सुझाव सल्लाह बमोजिम चितवन जिल्लामा महिला संग सम्बन्धित उद्यमशिलताका विषयमा भावि कार्यक्रमहरु तय गर्ने निर्णय गरेको छ । कार्यक्रम महिला उद्यमी विकास समितिका संयोजक रजनी मास्केको अध्यक्षता एवम् संघका अध्यक्ष सहनलाल प्रधानको आतिथ्यतामा सम्पन्न भएको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by