Mar 26, 2018
मकवानपुर उवासंघद्वारा आगलागी पीडितलाई राहत सहयोग

हेटौंडा, चैत्र १२ । मकवानपुर उद्योग वाणिज्य संघमा आज एक कार्यक्रमका बीच हेटौंडा वडा नम्बर १ की आगलागी पीडित बीबीमाया स्यांगतानलाई सहयोग हस्तान्तरण गरिएको छ । संघको वस्तुगत सदस्यहरु खाद्यान्न व्यवसायी संघ र कपडा व्यवसायी संघबाट प्राप्त सहयोग उवासंघका अध्यक्ष कृष्ण कटुवाल र वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेले संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेका हुन् । आज गरिएको सहयोगमा ३० किलो चामल, २० किलो चिउरा, लत्ताकपडा लगायत संघका कार्य समिति सदस्यहरुबाट संकलित नगद ८ हजार पीडित स्यांगतानलाई हस्तान्तरण गरिएको थियो । 

आगलागी पीडितलाई आज नै नेपाल रेडक्रस सोसाईटीबाट १ सेट भाडाबर्तन सहित राहत सामग्री र न्यौपाने युवा समाजबाट २ बोरा चामल, ५ किलो दाल लगायत सहयोग गरिएको समाजका बासु न्यौपानेले जानकारी दिएका छन् । गत शनिबार घरमा लगाईएको विद्युत मिटर पड्केर आगलागी हुंदा स्यांगतानको एउटा घर, एउटा गोठ सहित नगद, जिन्सी गरी करीब ४ लाखको क्षति भएको वडा अध्यक्ष न्यौपानेले सहयोग हस्तान्तरण कार्यक्रममा बताएका थिए ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by