Jan 31, 2018
प्रदेश तथा प्रतिनिधि सभाका सांसदहरुलाई दोलखा उवासंघद्वारा हार्दिक बधाई तथा शुभकामना ज्ञापन 

नयाँ नेपालको नयाँ संरचना अनुसार मिति २०७४ मंसिर १० र २१ गते दुई चरणमा गरी नेपाल सरकारले सम्पन्न गरेको प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचन २०७४ मा यस दोलखा जिल्लाबाट निर्वाचित सांसद ज्युहरुलाई दोलखा उद्योग वाणिज्य संघले संघको सचिवालयमा हार्दिक बधाई तथा शुभकामना ज्ञापन कार्यक्रमको आयोजना गरी बधाई तथा कार्यकाल सफलताको शुभकामना प्रदान गरेको छ । 

दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष श्री सुन्दर कार्की ज्यूको अध्यक्षतामा संघको सचिवालयमा आयोजना गरिएको उक्त कार्यक्रममा दोलखा जिल्लाबाट प्रदेश सभा र प्रतिनिधी सभामा प्रत्येक्ष एवंम समानुपातिक दुवै तर्फका निर्वाचित माननिय सांसद ज्युहरुलाई आमन्त्रण गरी खादा तथा माला लगाई बधाई तथा शुभकामना ज्ञापन गरीएको थियो । प्रतिनिधी सभामा दोलखा जिल्लाबाट अत्याधिक मत प्राप्त गरी निर्वाचित हुनुहुने माननिय सांसद श्री पार्वत गुरुङ्ग ज्यूको प्रमुख आतिथ्यतामा औपचारीक रुपमा संचालन गरिएको उक्त कार्यक्रममा स्वागत मनतव्य मार्फत दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष श्री सुन्दर कार्की ज्यूले दोलखा जिल्लाको समृद्धिका संभावना तथा चुनौतिहरुहरु प्रस्टयाउनु भएको थियो भने मनतव्य कै क्रममा निर्वाचित सांसद ज्युहरुको तर्फबाट प्रमुख अतिथि श्री पार्वत गुरुङ ज्यूले मनतव्य राख्नुहुदै अबको ५ वर्षमा दोलखा जिल्लालाई एक स्वच्छ, सुन्दर र समृद्ध दोलखा निर्माणका लागी निजी क्षेत्रसंग सहकार्य गरी विस्तृत योजनाका साथ आफुहरु अगाडि बड्ने र दोलखा जिल्लालाई नेपाल कै पहिलो अर्गानिक नमुना जिल्लाको रुपमा विकास गरीछाडने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । 

दोलखा जिल्लाबाट प्रतिनिधी सभामा निर्वाचित हुनुहुने माननिय सांसद श्री पार्वत गुरुङ्ग , प्रदेश सभामा निर्वाचित हुनुहुने माननिय सांसद श्री पशुपती चौलागाई ज्यू , श्री विशाल खड्का ज्यू त्यसैगरी प्रदेश सभामा समानुपातिक तर्फबाट निर्वाचित श्री रचना खड्का , श्री डि एन शेर्पा, श्री हिमाली गोले, साथै जिल्ला समन्वय समिति दोलखाका अध्यक्ष श्री डबल पाण्डे ज्यू , जिल्लाका तामाकोशी, शैलुङ, विगु, तथा गौरीशंकर गाँउपालिकाका प्रमुख लगाएत विभिन्न संघ संस्थाका प्रमुख एवंमप्रतिनिधी ज्यूहरु, उद्योगी व्यवसायी तथा पत्रकार ज्युहको उपस्थिती रहेको उक्त कार्यक्रममा दोलखा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा नेउवा महासंघका केन्द्रीय सदस्य श्री सुदर्शन कार्की ज्यूले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिगणहरुमा हार्दिक धन्यबाद ज्ञापन गर्नुहुदै कार्यक्रमको औपचारीक समापन गरिएको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by