श्री सदस्यज्यू,
नेपाल उद्योग वाणिज्य महासंघ ।
 
विषय: आ.व. २०७९।८० को मौद्रिक नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उपस्थिति सम्बन्धमा ।

महोदय,

आर्थिक वर्ष २०७९।८० को लागि नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक हुने मौद्रिक नीति सम्बन्धमा निजी क्षेत्रका उद्योगी व्यवसायीहरुसंग छलफल गर्न गभर्नर श्री महाप्रसाद अधिकारीज्यूको प्रमुख आतिथ्यतामा निम्न मिति, समय तथा स्थानमा महासंघले पूर्व मौद्रिक नीति अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको व्यहोरा सहर्ष जानकारी गराउंदछु । अत: उक्त अन्तरक्रिया कार्यक्रममा महोदयको उपस्थितिको लागि अनुरोध गर्दछु ।
 
कार्यक्रम विवरण
मिति: २०७९ असार २६ गते आइतबार (10 July 2022)
समय: दिनको १:४५ बजे
स्थान: बेगनास हल, र्‍याडिसन होटल, लाजिम्पाट ।
 
भवदीय,
 
( गोकर्णराज अवस्थी )
महानिर्देशक
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by