Apr 01, 2020

नेपाल राष्ट्र बैंकबाट २०७६ चैत्र १६ गते सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशनमा कर्जा भुक्तानीका सम्बन्धमा मुख्य निम्न व्यवस्था गरिएको छः
  • बैंकले २०७६ चैत्र महिनामा असुल गर्नुपर्ने मासिक/ त्रैमासिक किस्ताहरुको (क्रेडिट कार्ड समेत) भुक्तानी २०७७ असार मसान्त सम्ममा हुने गरी व्यवस्था मिलाउनु पर्ने छ । सो किस्ताको हकमा कुनै किसिमको थप शुल्क वा हर्जाना लिन पाइने छैन । 
     
  • ऋणीले २०७६ चैत्र मसान्त भित्रमा भुक्तानी गर्न आएमा चैत्र महिनामा भुक्तानी गर्नुपर्ने मासिक/त्रैमासिक ब्याजमा १० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ । यसरी ब्याज छुट दिंदा आधार दर भन्दा कम गर्नपाइने छैन । 
     
  • २०७६ चैत्र महिनामा भुक्तानी अवधि तोकिएका सम्पूर्ण चालुपूँजी प्रकृतिका अल्पकालिन कर्जाहरुको भुक्तानी अवधि ६० दिन सम्म थप गर्न सकिने छ ।
 
नेपाल बैंकर एशोसिएसनका अध्यक्षज्यू संग भएको छलफल अनुसार महामारीको रुपमा विश्वभरी फैलिएको COVID-19 का कारण नेपालको पर्यटन, उद्योग, व्यापार तथा व्यवसाय नराम्रो संग प्रभावित भई हाल ठप्प भएको अवस्थामा ऋणीले आफ्नो बैंक खातामा जम्मा भएको मौज्दात कम्पनी/फर्मको कार्य संचालनको लागि आवश्यक पर्ने भएमा उक्त रकम बैंक खाताबाट स्वतः नकाटिने व्यवस्था मिलाई दिन आ–आफ्नो बैंकलाई अनुरोध गर्दै जानकारी गराउन सकिने ।  
  ​मितिः २०७६ चैत्र १९ गते
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by