Jan 24, 2020
क्यान महास‌ंघका पदाधिकारीहरुद्वारा प्रधानमन्त्री समक्ष भेटवार्ता

२०७६ माघ १० गते शुक्रवार

सम्माननीय प्रधानमन्त्री के.पी शर्मा ओलीज्यू संग कम्प्युटर एसोसिएशन नेपाल (क्यान महासंघ) का अध्यक्ष श्री नवराज कुंवरज्यू को नेतृत्वमा क्यान महासंघका पदाधिकारीहरुले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गर्नु भएको छ |

सूचना तथा संचार प्रविधि क्षेत्रको संस्थागत बिकास, सरकारले तर्जुमा गरेको डिजिटल नेपाल फ्रेमवर्क, सूचना प्रविधिको सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेयक, ब्रोडब्यान्ड निति, सूचना तथा संचार प्रविधि निति, सूचना तथा संचार प्रविधिमा सामान तथा सेवा आयत-निर्यात, सफ्टवेयर, हार्डवेयर तथा डिजिटल शिक्षा लगायतका बिविध बिषयमा प्रधानमन्त्रीज्यू संग छलफल भएको छ |
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by