Jan 19, 2020
ऊवासंघ-चितवनको अन्तरिक्रिया कार्यक्रम

माघ ५, चितवन । 

उद्योग वाणिज्य संघ-चितवनको सभाहलमा आज यहां एक दिवसिय महिला ऊद्यमशिलता विकास एवं आर्थिक साक्षरता बिषयक अन्तरक्रिया कार्यत्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ-चितवन र आर्थिक अभियान राष्ट्रिय दैनिकको संयुक्त आयोजनामा ऊक्त कार्यत्रम सम्फन्न गरिएको हो । अन्तरक्रिया कार्यत्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघ-चितवनका अध्यक्ष श्री राजु श्रेष्ठले महिला उद्यमशिलता विकास, महिला सशक्तिकरण र महिला उद्यमीद्धारा उत्पादित वस्तु तथा सेवाको प्रबर्द्धनमा कुनै कमि नराख्ने बताउनु भयो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले उद्योग वाणिज्य संघ-चितवनले निकट भविष्यमा आयोजना गर्न लागेको योजना तर्जुमा गोष्ठीमा महिला उद्यमीसंग सम्बन्धित कार्यक्रमहरु तय गरिने भएकोले महिला उद्यमीहरुका लागि आवश्यक कार्यक्रम भएमा उद्योग वाणिज्य संघ-चितवनको कार्यक्रम शाखामा सम्पर्क गर्नका लागि अनुरोध गर्नु भयो । उपस्थित प्रमुख अतिथि , अतिथी लगायतलाई स्वागत गर्दै अध्यक्ष श्रेष्ठले महिला सशक्तिकरणका लागि आयआर्जन आवश्यकता पर्ने बताउंदै उद्यमशिलता विकास यसको निर्विकल्प रहेको बताउनु झयो । कार्यक्रममा बोल्दै कार्यत्रममा प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका उपप्रमुख मुनाकुमारी श्रेष्ठले उद्योग वाणिज्य संघ-चितवनले आयोजना गर्ने बिबिध कार्यक्रममा जिल्ला समन्वय समिति चितवनको सदैव सहयोग रहंदै आएको र आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले महिलाहरुले उत्पानशिलता र उत्पादकत्व बृद्धीमा जोडदिनुपर्ने औंल्याउनु भयो ।

सोहि कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ-चितवनका निबर्तमान अध्यक्ष सहनलाल प्रधानले उद्यमशिलता विकासका लागि महिलाहरु जोखिम वहन गर्न सक्छन् भन्ने कुरालाई प्रमाणित गरिसकेको अवगत गराउंदै अवको उद्यमशिलता अझ बढि परिस्कृत र प्रतिस्पर्धि हूनुपर्ने बताउनु भयो । कार्यक्रममा घरेलु तथा साना उद्योग विकास कार्यालय चितवनका प्रमुख रमेश कुमार कर्माचार्यले महिलाको नाममा व्यवसाय दर्ता गर्दा सरकारबाट गरेका सेवा , सुविधा र छुटका बारेमा प्रष्ट पार्दै उद्योग वाणिज्य संघका गतिबिधिमा आफ्नो कार्यालयले विगतका दिनहरुमा झैं सहकार्य गर्ने बचनबद्धता ब्यक्त गर्नुभयो । आर्थिक अभियान पत्रिकाको सहकार्यमा भएको ऊक्त कार्यत्रममा पत्रिकाका वरिष्ठ सहसम्पादक टि.पि. भुसाल र बजार प्रबन्धक बालसिंह पोख्रेलले सहजीकरण गर्नुभएको उद्योग वाणिज्य संघ-चितवनका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिनुभयो । चितवन जिल्लाका विभिन्न स्थानक करिव १०० जना महिला उद्यमीको सहभागिता रहेको ऊक्त कार्यत्रममा सहभागि महिला उद्यमीहरुले व्यवसाय प्रबर्द्धन, उद्यमशिलता विकास, व्यवसाय दर्ता फ्रक्रिया लगायतका बिषयमा सवाल गरेका थिए । संघका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षता, कार्यत्रम अधिकृत निलबहादुर केसीको सञ्चालन , महिला उद्यमी , कासस एवं चितवन कोसेलीघर सञ्चालक समितिका अध्यक्ष रजनी मास्केको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्थानिय बैंक तथा वित्तिय संस्थाका प्रमुख, उवासंघ-चितवनका कार्यसमिति सदस्य, पत्रकार लगायतको उपस्थिति रहेको थियो । सोहि कार्यक्रममा दि विजनेस ऐजले प्रदान गर्ने वेष्ट आन्टरपर्नर अवार्ड २०२० का वारेमा समेत जानकारी गराइएको थियो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by