Dec 22, 2019
  
लेखनाथ , ६ पुस ।

कास्कीको लेखनाथमा जारी १६औं सस्करणको लेखनाथ महोत्सवमा राखिएका कृर्षि उत्पादनका स्टलमा दर्शकको चासो बढेको छ ।

उत्पादक देखि उपभोक्ता सम्म सहज रुपले पौच पुग्ने र उत्पादित वस्तुको वजारीकरणमा सहयोग पुग्ने गरि महोत्सव स्थल भित्र राखिएका कृषि तथा पशुपंक्षी जन्य उत्पादन, ताजातरकारी, माछा, मह, जैविकविविधता  र घरेलु हस्ताकलाका उत्पादनमा दर्शकको चोसो बढेको हो ।

कृर्षिजन्य उत्पादनलाई प्रबद्धन गर्ने उद्देश्यले महोत्सव स्थल भित्रका माछाका स्टलबाट दैनिक तिन सय केजी भन्दा बढि माछा विक्रि भएको रुपाताल पुर्नस्थापन तथा मत्स्य सहकारी सस्थाका माछा विक्रि संयोजक आनन्द सापकोटाले जानकारी दिएका छन् । उनका अनुसार रुपाताल र बेगनासतालमा उत्पादीत माछा दर्शकको आवश्यकता अनुसार दैनिक रुपमा बिक्रि वितरणको ब्यवस्था मिलाएको बताएका छन् ।

यसैगरि ताजा तरकारीका लागि राखिएका स्टलबाट विषेशगरि स्थानिय स्थरमा उत्पादीत आलु, काउली, बन्दा, गोलभेडा र प्याजको विक्रि दैनिक हजार केजी भन्दा बढि भएको कृषि प्रर्दशनी उपसमितिका संयोजक विरेन्द्र भण्डारीले जानकारी दिएका छन् । यसैगरि महोत्सवमा राखिएको सुन्तलाका स्टलबाट दैनिक एक हजार के.जी भन्दा बढि सुन्तलाको विक्रि हुदै आएको उनले बताएका छन् ।

महोत्सवको पनि महोत्सवका रुपमा चिनिएको लेखनाथ महोत्सवमा ब्यापारिक प्रयोजन सँगसगै उपस्थित दर्शकलाई थप मनोरञ्जन दिनका लागि राखिएको विद्यालय स्तरीय लोक नृत्य र मातृशक्तिको सम्मानमा राखिएको रत्यौली गीतको प्रस्तुती रहेको स्टेज संयोजक नेत्रपाणि बास्तोलाले जानकारी दिएका छन् ।

यसैबिच महोत्सवको चौथो दिनसम्म आईपुग्दा दर्शकको चापसगै कारोवारमा पनि बृद्धि हुदै आएका बताईएको छ । आईतवार आर्थिक कारोवार तर्फ करिव एक करोड र दर्शकको सहभागीता करिव १० हजार रहेको आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघका महासचिव गोपिचन्द्र वास्तोलाले जानकारी दिएका छन् ।

महोत्सवको पाचौं दिन सोमबार पनि चर्चित दोहोरी गायकको दोहोरी गीत ,हास्य प्रह्सन ,साझ लाईभ पप कन्र्सटको प्रस्तुती रहने प्रचार प्रसार उपसमितिका संयोजक राजु सुबेदीले जानकारी दिएका छन् ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by